नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय प्रवद्धन आवश्यक


प्रचण्ड शाक्य, वरिष्ठ उपाध्यक्ष, नेपाल हस्तकला महासंघ

नेपालमा हस्तकलाको प्रचलन लिच्छवी तथा मल्लकाल देखि नै विकसित भएको पाइन्छ । नेपालीहरुमा समेत पछिल्लो समय (२०७२ को भूकम्प पश्चात्) हस्तकला क्षेत्रमा आकर्षण निकै नै बढेको छ । साथै पछिल्ला बर्षहरुमा नेपालमा उत्पादन भएका कलात्मक वस्तुहरुको स्वदेश तथा विदेशमा हुने विभिन्न प्रदर्शनीले समेघत कला प्रतिको जागरुकता बढाएको छ । विदेशमा समेत समय–समयमा आयोजना हुने एक्स्पोहरुमा नेपाली व्यवसायी सहभागि भई नेपाली सीप र कलाको प्रवद्र्धनको निम्ति काम भइरहेको छ । नेपाली हस्तकला क्षेत्रलाई प्रवद्र्धन गर्नको निम्ति विभिन्न संस्था एवं निकायहरुबाट पहल भइरहेको छ । व्यक्तिगत रुपमा समेत पहल हुँदै आएको छ । यद्यपि नेपाली कला र कौशलतालाई प्रवद्र्धन एवं संरक्षणको निम्ति राज्य पक्षबाट हुनुपर्ने पहल भने अलि न्यून छ ।
कला र संस्कृति नै हाम्रा पहिचान हुन् । यस्ता सीप र कलालाई संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा राज्यको सहयोग निकै महत्वपूर्ण रहन्छ । हाम्रो कला हाम्रो मौलिक सम्पत्ति हो । नेपाली कलाकौशलता विचित्रको छ ।

हरेक जाती पिच्छे अलग–अलग कला एवं संस्कार नेपाली समाजमा अहिले सम्म प्रचलनमा छ । नेपाली कला एवं मुर्तिहरुमा कुँदिएका हरेक आकृतिमा त्यसको आफ्नै खास अर्थ लुकेको छ । नेपाली कलाकारले प्रस्तुत गर्दै आएको यस्तो विलक्षण क्षमतालाई प्रोत्साहित र प्रवद्र्धन गर्न सकेको खण्डमा मात्र हाम्रो मुलुकको मौलिक पहिचान बच्न सक्छ । सदियौं देखि पुस्ता हस्तान्तरणको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सीप हस्तान्तरण हुँदै आएको यस कलाकारिताको व्यापक विस्तारमा जोड दिनसके नेपालमा यस क्षेत्रमा निकै ठूलो मात्रामा रोजगारी सृजना गर्न सक्छ ।

हाम्रो कला प्रस्तुत गरेर ठूलो परिमाणमा वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । नेपाली सीप र कला मार्फत नेपाललाई विश्व बजारमा चिनाउन सकिन्छ । यस क्षेत्रबाट निकै ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्न सकिन्छ । यसको अलावा सबैभन्दा महत्वपूर्ण कुरा त हाम्रो कला संरक्षणको लागि गरिने पहल नै विशेष महत्वपूर्ण हुन्छ ।

लिच्छवी एवं मल्लकालमा निकै राम्रो रहेको कलाको संरक्षण र प्रोत्साहनको लागि शाहकालको पछिल्लो चरणमा खासै उल्लेख्य उपलब्धि हासिल भएको पाईंदैन । नेपालीहरुले आफ्नो क्षमता सीप र कलाकारिताको निम्ति प्रस्तुत गरेर विश्व बजारलाई चकित पारेका छन् । हामीले अबका दिनमा यस क्षेत्रलाई व्यावसायिक मात्र नभई संरक्षण र रक्षाको लागि समेत काम गर्नु जरुरी छ । यद्यपि यस पटकको बजेटमा परम्परागत सीप हस्तान्तरणको लागि बजेट विनियोजन समेत गरिएको छ । यसबाट नेपालमा कला क्षेत्रको संवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।


हामीले हाम्रो कला प्रस्तुत गरेर ठूलो परिमाणमा वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । नेपाली सीप र कला मार्फत नेपाललाई विश्व बजारमा चिनाउन सकिन्छ । यस क्षेत्रबाट निकै ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्न सकिन्छ । यसको अलावा सबैभन्दा महत्वपूर्ण कुरा त हाम्रो कला संरक्षणको लागि गरिने पहल नै विशेष महत्वपूर्ण हुन्छ । आर्थिक उपार्जनको हिसाबले मात्रै सोच्ने हो भने हाम्रा कतिपय कला र सीप संरक्षण हुनबाट नबच्न सक्ने अवस्था पनि रहन सक्छ । यसतर्फ पनि हामी सचेत बन्नुपर्छ ।

हस्तकलाको अर्थतन्त्रमा योगदान 
नेपालमा अहिले पनि पर्यटन आकर्षणको लागि हस्तकलाको योगदान निकै महत्वपूर्ण छ । यस क्षेत्र अन्तरगत उत्पादित वस्तुको निर्यात समेत निकै नै विस्तार भएको छ । यस क्षेत्रमा गरिने काम हाते मेसिन र सीपमा आधारित हुने भएको कारण निर्माणको लागि धेरै जनशक्ति र लामो समय लाग्ने गर्छ । जसले गर्दा लागत पनि महँगो नै पर्छ । यद्यपि नेपाली कलात्मक वस्तु राम्रो आर्थिक अवस्था भएका व्यक्तिहरुको रोजाईमा पर्ने भएको कारण यस क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत आर्थिक अवस्था राम्रो छ ।

लगानी 
सीपमा आधारित क्षेत्र हो हस्तकला । सामान्य १०-१५ हजार लगानी देखि मध्यम स्तरको ५-७ लाख हुँदै ठूलो लगानीमा समेत हस्तकला उद्योग स्थापना गरेर यस क्षेत्रमा काम गर्न सकिन्छ । आफ्नो क्षमता बमोजिम करोडौं रकम लगानी गरेका व्यवसायीहरु पनि यस क्षेत्रमा हुनुहुन्छ । नेपाली कलाकौशलताको क्षेत्रमा काम गर्ने सबै व्यक्तिहरु सन्तुष्ट नै हुनुहुन्छ । आफ्नै घरमा विभिन्न कलाकृतिहरु बनाएर समेत राम्रो आम्दानी गर्न सकिने यस व्यवसायमा राम्रो सम्भावना छ । पछिल्लो समय राम्रो काम गर्ने कलाकारलाई सम्मान तथा पुरष्कृत गर्ने प्रचलन समेत विकास भएको छ । जसले गर्दा यस क्षेत्रमा आउन चाहने व्यक्तिहरुलाई राम्रो अवसर भएको मान्न सकिन्छ ।

थप प्रवद्र्धनको लागि गर्नुपर्ने अन्य प्रयाश 
नेपालमा अहिले सम्म कलाकृतिलाई धितो राखेर बैंकबाट धितो राखेर कर्जा लिन सकिने अवस्था सृजना हुन सकेको छैन । यस्तो व्यवस्था हुन सकेको खण्डमा यस क्षेत्रमा संलग्न कलाकारहरुको कला र सीपको सम्मान हुन सक्छ । नेपालमा अहिले कला क्षेत्रमा जनशक्ति करिब १२ लाख रहेको छ । यस अन्तरगत काठ, बेतबाँस, मुर्ति, चित्र, टाँक, पोते, पश्मिना, फेल्ट लगायत छन् । फेल्टको बजार निकै नै बढेको छ । साथै हस्तकला अन्तरगत सबैभन्दा बढि निर्यात हुने वस्तु समेत बन्न पुगेका छन् फेल्ट प्रडक्ट । त्यससँगै धातुमुर्ति, हाते कागज, चाँदीका गरगहना लगायतका हस्तकलाजन्य वस्तुहरुको समेत माग बढ्दो छ । अहिले नेपालमा परम्परागत हस्तकला क्षेत्रमा संलग्न जनशक्ति करिब ५-६ लाख रहेको हुनुपर्छ ।

 

पछिल्लो समय चीन, ताइवान, भियतनाम लगायतमा समेत नेपाली कलाकारको माग बढेको छ । साथै नेपाली मुर्तिकलाको माग समेत निकै नै बढेको छ । अब हाते प्रविधिबाट उक्त माग धान्न नसकिने अवस्था सृजना हुन लागेको छ । नेपाली बजारमा मेसिनबाट मुर्ति बनाउने माग बढिरहे पनि यस क्षेत्रबाट सृजना भएको रोजगारी र अन्य परिस्थितिलाई विचार गरेर नेपालमा मेसिनबाट मुर्ति बनाउन नहुने बरु कालिगढको सङ्ख्या नै बढाएर थप रोजगारी सृजना गर्न पहल भइरहेको छ ।

कस्ता व्यक्तिले लिन्छन् तालिम ?
कतिपय व्यक्तिहरु आफ्नो परम्परागत कलाको ज्ञान हासिल गर्ने उद्धेश्यले हस्तकला सिक्न आउँछन् । यद्यपि अधिकांश यही क्षेत्रमा नै रहेर करियर बनाउन चाहने व्यक्तिहरुले हस्तकला सम्बन्धी ज्ञान हासिल गरिरहेका छन् । मैले सञ्चालन गरेको प्रशिक्षण केन्द्रमा सीप सिक्न आउने मध्ये करिब ८० प्रतिशत कुनै न कुनै रुपमा हस्तकला क्षेत्रमा जोडिएका नै पाइएको छ । पछिल्लो समय चीन, ताइवान, भियतनाम लगायतमा समेत नेपाली कलाकारको माग बढेको छ । साथै नेपाली मुर्तिकलाको माग समेत निकै नै बढेको छ । अब हाते प्रविधिबाट उक्त माग धान्न नसकिने अवस्था सृजना हुन लागेको छ । नेपाली बजारमा मेसिनबाट मुर्ति बनाउने माग बढिरहे पनि यस क्षेत्रबाट सृजना भएको रोजगारी र अन्य परिस्थितिलाई विचार गरेर नेपालमा मेसिनबाट मुर्ति बनाउन नहुने बरु कालिगढको सङ्ख्या नै बढाएर थप रोजगारी सृजना गर्न पहल भइरहेको छ ।

नयाँ प्रविधिको प्रयोग 
३२ बर्ष देखि हस्तकला क्षेत्रमा संलग्न शाक्य शुरुमा बुबाबाट हस्तकला सिकेर यस क्षेत्रमा जोडिनुभएको हो । परिवारमा मात्र सीमित रहेको कलालाई परिमार्जन गर्दै नयाँ तवरले व्यवसाय सञ्चालन गर्ने मान्यताले ऊहाँ हस्तकला प्रशिक्षण क्षेत्रमा जोडिनुभएको हो । वि.सं २०५१ मा चित्रकला तथा मुर्तिकला प्रशिक्षण व्यवस्थापन समिति स्थापना भएपश्चात् नेपालमा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

अन्त्यमा,
हस्तकला क्षेत्रमा बजार निकै राम्रो छ । नेपाली कलाकारहरु पनि यस क्षेत्रमा निकै जागरुकताको साथ लागिरहनुभएको छ । बजारमा दक्षता भएका थुप्रै व्यक्तिहरु हुनुहुन्छ । यद्यपि यस क्षेत्रमा काम गर्ने प्रयाप्त जनशक्तिको भने अभाव छ । तर नेपाली कामदार भने रोजगारीको लागि विदेशमा छन् ।

 

को हुन् प्रचण्ड शाक्य ?
परम्परागत कलाकारको रुपमा काम गर्दै आउनुभएका शाक्य मूलतः धातुपत्रमा मुर्तिहरु बनाउने कार्यमा संलग्न व्यवसायी हुुनुहुन्छ । हाल ‘नेपाल परम्परागत हस्तकला प्रशिक्षण केन्द्र’ सञ्चालन गर्दै आउनुभएका शाक्य नेपालमा हस्तकला क्षेत्रको सम्भावना निकै राम्रो रहेको र यस क्षेत्रमा काम गर्न चाहने व्यक्तिहरु छोटो अवधिका व्यावहारिक सीप सिकेर छोटो अवधिमा नै राम्रो प्रगति हासिल गर्न सकुन् भन्ने मान्यताले आफूले यस हस्तकला प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएको बताउनुहुन्छ । हाल शाक्य नेतृत्वमा सञ्चालित यस हस्तकला प्रशिक्षण केन्द्रले हाल २४ औं श्रृङ्खलाको रुपमा विद्यार्थीहरुलाई सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल सम्म आइपुग्दा यस संस्थाबाट करिब ६ सय प्रशिक्षार्थीहरुले विभिन्न तहका तालिमहरु लिइरहेका छन् । यस संस्थाले हाल ३ तहमा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: