डिजिटलाइजेसन मार्फत मुलुकको समृद्धिमा जोड दिँदै प्रभु समूह


कुुसुम लामा, अध्यक्ष, प्रभु म्यानेजमेन्ट प्रा.लि|

नेपालमा विदेशबाट भित्रिने रेमिट्यान्सलाई कसरी अनलाईन सिष्टममा ल्याउने भन्ने सम्बन्धमा प्राविधिक अध्ययन गरेर बजारको मागलाई समेत ध्यान दिएर अनलाइन प्रणालीमा आधारित रही सेवा विस्तार गरेको कारणले गर्दा नै प्रभु ग्रुप अहिलेको अवस्थामा आउन सफल भएको हो ।
नेपालीहरुमा कम्पनी प्रोफाइल समेत बनाउने सिष्टम विकास नभइसकेको अवस्थामा अनलाइन प्रणालीको प्रवद्र्धन गर्दै प्रभु मनि ट्रान्सफर सञ्चालन गरेको यसै ग्र्रुपले नेपालमा मनी ट्रान्सफरको क्रममा रियल टाइम ट्रान्जेक्सन यसै कम्पनीले नै शुरु गरेको हो ।

मलेसियामा कम्पनी गर्दा यस प्रभु समूहले सञ्चालनमा ल्याएको रियल टाइम ट्रान्जेक्सन वेष्टर्न युनियन, मनिग्राम तथा अन्य विदेशी कम्पनीले पनि शुरुवात गर्न सकेका थिएनन् । बजार ठूलो चुनौतीपुर्ण थियो । सन् २००२ मा प्रभु मनि ट्रान्सफर सञ्चालनमा ल्याएपश्चात् डिजिटलाइजेसन र डिजिटल फाइनान्समा नै लक्षित भएर अहिले पनि यस कम्पनीले काम गर्दै आइरहेको छ ।
अहिले सम्म आइपुग्दा बैंक, मनी ट्रान्सफर, अनलाइन ट्रान्जेक्सन लगायतमा डिजिटलाइजेसन गर्नमा यस समूहले पछिल्लो समय सम्म आइपुग्दा सहकारीलाई लक्षित गरी सफ्टवेयर विकास गरेर यस कम्पनीले निःशुल्क रुपमा उपलब्ध समेत गराउँदै आएको छ । हाल रेमिट्यान्स सेवा सञ्चालनको निम्ति सहकारीहरुलाई प्रभु म्यानेजमेन्टले डेस्कटप भर्सनकै सफ्टवेयर उपलब्ध गराएको थियो । यद्यपि यो आफैंले सर्भर राख्नुपर्ने, झण्झटिलो र महँगो पर्ने भएको कारण सबैको निम्ति उपयुक्त नदेखिएपनि अहिले नयाँ भर्सनमा सफ्टवेयर उपलब्ध गराएको छ । जुन क्लाउडवेस्ड सफ्टवेयर हो । यो प्रयोगको लागि सहज छ । साथै यो सफ्टवेयर कम्पनीले सहकारीहरुलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । यस सफ्टवेयरको माग निकै बढेको छ । करिब ३५ सय सहकारीले यस सफ्टवेयरको लागि आवेदन दिइसकेका छन् । सरल बैंकिङ अन्तरगतका डेबिट कार्ड, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ लगायतका सेवाहरु सञ्चालन गर्न सक्ने विशेषताहरु यस सफ्टवेयरमा पनि भएको कारण प्रयोगकर्ता आफैंले सजिलै सहकारीलाई आधुनिकता तर्फ लैजान यस सफ्टवेयरले विशेष भूमिका निर्वाह गर्दै आएको छ ।

डिजिटलाइजेसनको अलावा रेमिट्यान्सलाई सुरक्षित बनाउनको लागि पछिल्लो समय यस कम्पनीले रेमिट्यान्स कार्ड समेत सञ्चालनमा ल्याएको छ । अहिले नेपालीहरु ठूलो सङ्ख्यामा भारतमा रहेको कुरालाई दृष्टिगत गर्दै इण्डो नेपाल रेमिट्यान्स सर्भिसमा यो कम्पनी केन्द्रित छ । खासगरी भारतमा कामको निम्ति जाने नेपालीहरुमा आफूसँग भएको रकम सुरक्षित तवरले राख्न सक्ने अवस्था समेत छैन । यस्तो अवस्थामा प्रभु कार्ड प्रयोग गरेर सहजै आफूलाई आवश्यक पर्ने वस्तुहरु किन्न वा पैसा साट्न पाइने व्यवस्था गरेको छ ।

ग्रामीण क्षेत्रलाई लक्षित 
ग्रामीण क्षेत्रका व्यक्तिहरुलाई लक्षित गरेर सेवा प्रवाहमा जोड दिँदै आएको यस प्रभु समूहले विगतमा मोबाइल मनि सञ्चालन गरेको थियो । यद्यपि सबै ग्रामीण बस्तीका मानिसहरुसँग स्मार्ट फोनको सुविधा नहुने कुरालाई लक्षित गर्दै अहिले
अधिकांश गरीब ग्रामीण क्षेत्रका मानिसहरु फिचर फोन नै बढी प्रयोग गर्छन् । यस्तो अवस्थामा सहज रिचार्जको लागि युएसएसडि प्रणाली लागु गरेको छ । यसबाट मोबाइल, डिसहोम लगायतका सेवाहरु प्रयोग गर्न सकिन्छ । जसले गर्दा सहजै ग्रामीण क्षेत्रका जनताहरु लाभान्वित हुन सक्छन् । साथै स्मार्टफोन प्रयोगकर्ताहरुलाई इन्टरनेटको प्रयोगबाट रिचार्ज गर्दा मोबाइलको व्यालेन्स काटिने कारण नेपालीहरु इन्टरनेट पेमेन्टमा आकर्षित नभएको कुरालाई लक्षित गरी मोबाइलमा प्रभु पे एप्स डाउनलोड गरी एनसेल सिमको प्रयोगबाट निःशुल्क सेवाहरु प्रयोग गर्न सकिने व्यवस्था समेत गरेको छ । हाल प्रभु पे एप्सबाट विदेशबाट प्राप्त भएको रकम सिधै कुनै एजेन्ट बिना आफैंले आफ्नै वालेटमा रकम सङ्कलन गर्न सकिन्छ । युटिलिटी पेमेन्टबाट बचेको पैसा आफ्नो बैंक वा सहकारीको खातामा सङ्कलन गर्न सकिने गरी प्रभु पे सफ्टवेयरबाट सेवा लिन सकिन्छ ।

विगतमा निजी एजेन्टहरुबाट मात्र पैसाको कारोबार गर्ने प्रभु मनि ट्रान्सफरले कतिपय अवस्थामा सम्बन्धित ग्राहकलाई तत्काल पैसा उपलब्ध गराउन आफूसँग प्रयाप्त बजेट नहुन सक्ने कुरालाई लक्षित गरी बैंकहरुले पनि मनि ट्रान्सफरको काम गर्न सकिने किसिमले व्यवस्था गरियो । पछिल्लो समय यस कम्पनीले सञ्चालनमा ल्याएको रेमिटेन्स कार्डमा समेत प्रयोगकर्ताको आकर्षण निकै नै बढेको छ । खासगरी आफुले घरमा रकम सुरक्षित तवरले राख्न सक्ने अवस्था समेत सबै नेपालीहरुमा नभएको कारण प्रभु कार्डमा नै डिजिटल रुपमा रकम सङ्कलन भएर रहने भएको कारण यस कम्पनीले कार्ड सिष्टमलाई विशेष तवरले प्रवद्र्धन गर्दै आएको छ ।

सहकारी लक्षित किन?
काठमाडौं उपत्यका लगायत सुविधा सम्पन्न क्षेत्रमा यस किसिमका डिजिटलाइजेसन सेवा प्रदान गर्ने थुप्रै कम्पनीहरु छन् । यद्यपि नेपालका ग्रामीण बस्तीमा भने मानिसहरु यस्ता सुविधाबाट पूर्ण रुपमा विमुख छन् । साथै बजार समेत अबका दिनमा ग्रामीण क्षेत्र नै राम्रो रहेको अवस्थामा ग्राहकलाई सुरक्षित तवरले सेवा प्रदान गर्दै कम्पनीको सञ्जाल विस्तारमा समेत ग्रामीण क्षेत्र अहिले निकै राम्रो क्षेत्रको रुपमा रहेको हुनाले प्रभु सञ्जाल ग्रामीण क्षेत्रलाई लक्षित रही सेवा सञ्चालन गर्दै आएको छ । साथै ग्रामीण क्षेत्रमा आर्थिक कारोबारमा संलग्न हुने संस्थाहरु भनेका सहकारी संस्था नै भएको अवस्थामा सहकारी संस्थासँग सहकार्य गर्दै सेवा विस्तारमा लागिरहेको छ । अहिले प्रभु सञ्जालबाट सहकारीहरुलाई उपलब्ध गराइएको सहकारीको कारण सहकारी संस्थाले समेत आधुनिक बैंकिङ सुविधा सहज रुपमा उपलब्ध गराउन सकेका छन् भने यसबाट सम्बन्धित सहकारी संस्थाको लागि थप आयश्रोतको बाटो समेत बनेको छ । प्रयोगमा सजिलो र तथ्याङ्क समेत दिगो रुपमा रहन सक्ने भएको कारण यस किसिमका सेवा प्रवाह गर्न पाउँदा सहकारीहरु समेत सन्तुष्ट छन् । यसबाट नेपालका सहकारीहरुको अवस्था समेत बलियो बनेको छ भने उनीहरुका तथ्याङ्क डिजिटल रुपमा सङ्कलन गर्ने प्रविधि विकास गरेको छ ।

आगामी योजना 
ग्रामीण क्षेत्रका जनताहरुलाई कसरी बैंकिङ पहुँचमा ल्याउन सकिन्छ भन्ने सम्बन्धमा अन्य विविध योजनाहरु प्रभु सञ्जालले अघी बढाएको छ । भर्खर मात्रै काभ्रेमा डेरी क्षेत्रमा कार्यरत महिलाहरुको अवस्था सशक्त बनाउन र परिवारको अवस्था माथि उठाउने योजना सहित अघी बढाइएको यस योजना अन्तरगत विगतमा घरपरिवार चलाउने देखि अधिकांश सबै काम महिलाबाट नै हुँदै आएको तर दूध बिक्री गर्ने क्रममा उक्त रकम पुरुषको हातमा आई गलत कार्यमा खर्च हुने प्रवृत्ति देखिएपछि दूध विक्री पश्चात् उक्त रकम सिधै महिलाको खातामा सङ्कलन हुने र उक्त रकमबाट युटिलिटी पेमेन्ट गर्न र बाँकी रकम सहकारीमा सङ्कलन गर्न सकिने किसिमले व्यवस्था गरेका छन् ।
विदेशमा जाने युवाहरुको लागि वीमा गर्ने क्रममा डिजिटलाइजेसन कार्य समेत यस कम्पनीले अघी बढाएको छ भने इन्स्योरेन्सको लागि मासिक किस्ता बापत तिर्नुपर्ने रकम समेत प्रभु इन्स्योरेन्स एप्स मार्फत आफूले सजिलै हेर्न सक्ने किसिमको व्यवस्था समेत गरिएको हुनाले सहजै आवश्यक प्रिमियम बारे जानकारी हुने र कसै सँग नफस्नुपर्ने अवस्था सृजना भएको छ । यसको अलावा प्रभु पे मार्फत डिस्काउन्ट तथा तिर्नुपर्ने रकम बारे जानकारी राख्न सकिने व्यवस्था समेत गरिएको छ ।

सुरक्षित छ प्रभु सफ्टवेयर 
अहिले प्रभु समूह अन्तरगत डिजिटलाइजेसन सम्बन्धी विभिन्न माध्यमबाट सेवा लिन सकिन्छ । आफ्ना सेवालाई सुरक्षित बनाउनको लागि यस कम्पनीले युजरनेम र पासवर्डको अलावा फिङ्गर प्रिन्ट सिष्टम समेत लागु गरेको छ ।

विद्युत प्राधिकरणकाे डिजिटलाइजेसन पनि प्रभुबाटै  
एनइए (नेपाल विद्युत प्राधिकरण)लाई डिजिटलाइजेसन गर्ने सम्बन्धमा पनि हामीले नै काम गरेका हौं । विगतमा प्राधिकरणको बिल मान्छे आफैं गएर तिर्ने क्रममा १÷२ रुपियाँ सम्बन्धित कर्मचारीले नै प्राप्त गर्ने अवस्था रहेको कारण उक्त सेवा विद्युत प्राधिकरणको लागि लागु गर्न नहुने भन्दै कर्मचारीहरुबाट नै यस सेवाको विरोध नभएको होइन । यद्यपि यस सेवालाई सर्वव्यापी बनाइरहेको अवस्थामा कार्यालयमा आउने व्यक्तिलाई कार्यालयबाट नै बिल पेमेन्ट गर्न सकिने र अन्यलाई वालेटबाट पेमेन्ट गर्न सकिने व्यवस्था गरेर केही क्षेत्रमा शुरुवात गरेपश्चात् मात्र नेपाल विद्युत प्राधिकरणले यस सेवालाई व्यापक बनाएको हो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: