डाइबिटिज र थाइराईडकाे विकल्पमा प्राकृतिक विधि प्रभावकारी


पछिल्लो समय डाइबिटिज, थाइराईड, मुटुरोग र मोटोपन लगायतका रोगहरु ठूलो समस्याको रुपमा देखिएकाछन् । यी समस्याहरुमा खानपिन र जीवनशैली समेत ठूलो प्रभावकारी मानिन्छन् । कतिपय समस्याहरु वंशाणुगत कारणले समेत सृजना हुने गरेका छन् । खानपिन र जीवनशैलीलाई व्यवस्थित गर्न सके यस्ता समस्यालाई धेरै हद सम्म कम गर्न सकिन्छ ।

थाइराइड, डाइबिटिज लगायतका समस्याहरुमा प्राकृतिक उपचार निकै नै प्रभावकारी देखिएको छ । यद्यपि प्राकृतिक उपचार लिने क्रममा पहिले देखि नै लिँदै आएको औषधी पूर्ण रुपमा हटाउनुपर्छ भन्ने पनि हुँदैन । दुवै पद्धतिलाई शुरुका दिनमा सँगै लैजान लैजान सकिन्छ । प्राकृतिक उपचार पद्धतिले पार्ने सकारात्मक प्रभाव हामीले जीवनशैली र खानपिनमा परिवर्तन ल्याएको १-२ हप्तामा नै देखिन शुरु गर्छ । जुन कुरा प्रयोगशालाको परीक्षणबाट समेत जानकारी पाउन सकिन्छ । समस्या कम हुँदै गएसँगै औषधीको मात्रा कम गर्न डाक्टरले नै परामर्श दिनुहुन्छ । साथै समस्या सामान्य अवस्थामा नै भए औषधी नै लिनुपर्छ भन्ने पनि हुँदैन । यस्ता थेरापीबाट पनि धेरै हद सम्म समस्या कम गर्न सकिन्छ ।

पछिल्लो समय मानिसहरु शरीरको तौल घटाउनको लागि पनि विभिन्न किसिमका अप्राकृतिक औषधीहरु मानिसले प्रयोग गरिरहेका छन् । यद्यपि यसबाट पर्न सक्ने असर निकै भयावह रहने गर्छ । यसको अलावा अहिले अधिकांश तुलनात्मक रुपमा तौल बढी भएका व्यक्तिहरुले शरीरको तौल घटाउनको लागि शरीरको आवश्यकता भन्दा कम खाना लिने गर्दै आएका छन् । यसबाट उनीहरुको स्वास्थ्यमा अन्य समस्याहरु समेत सृजना भइरहेका छन् । यी कुरालाई समेत विचार गर्दै खानालाई बन्देज नलगाईकन खानपिनको व्यवस्थापनलाई बढी जोड दिएर शरीरको तौल तथा अन्य कुरालाई सन्तुलनमा ल्याउन सकिने विधिहरु पनि छन् । खासगरी काँचो खानेकुरा र फलफूलको बढी प्रयोग एवं ड्राइफुड्सलाई भिजाएर खाने लगायतका विभिन्न प्राकृतिक विधिहरुको परामर्श दिएर सोहीबमोजिम शरीरमा उत्पन्न हुने समस्या समाधानको लागि पहल गर्ने कार्य अहिले नेपालमा पनि निकै नै प्रचलनमा आइसकेका छन् । यी तरिकाहरु थाइराइड, प्रेसर, डाइबिटिज लगायतका समस्या समाधानको लागि प्रयोगमा ल्याउन सकिन्छ । यी विधिहरुको प्रयोगबाट समेत शारीरिक रुपमा आउन सक्ने समस्या समाधानमा निकै नै प्रभावकारी भूमिका निर्वाह हुने गर्छ ।

 

मानिसको उचाई, तौल लगायतका कुराहरुलाई विचार गरेर सोही बमोजिम खानपिनको मात्रा मिलाउनुपर्ने हुन्छ । अहिले यो थेरापी विश्वव्यापी रुपमा निकै नै फस्टाइरहेको छ । निकै लामो अध्ययन र अनुसन्धानबाट विकास भएको यो उपचार विधि आफैंमा निकै राम्रो उपचार विधि समेत हो । जसबाट निकै चूनौतीपूर्ण मानिएका शारीरिक समस्याहरु ठी

क हुन्छन् भन्दा अधिकांशलाई पत्यार नलाग्न पनि सक्छ, जुन स्वभाविकै हो । यद्यपि लामो अध्ययनको परिणाम भएको कारण निकै वैज्ञानिक पद्धति समेत हो यो विधि । जुन विधि अपनाउँदा कुनै पनि किसिमका अन्य औषधी प्रयोग गर्नु पनि पर्दैन भने यसबाट सम्बन्धित समस्या पछि बल्झिने, साइड इफेक्ट देखिने पनि हुँदैन । यद्यपि यस अभ्यास अन्तरगत अपनाउनुपर्ने जीवनशैलीलाई निरन्तरता भने हामीले दिनैपर्छ ।

यस विधिको प्रयोग गर्ने क्रममा केही खानपिनको प्रयोगलाई निशेध गरिन्छ भने कुनै खानपिनको प्रयोगलाई बढी जोड दिइन्छ । यस प्राकृतिक विधिको प्रयोग मानिसको उमेर, स्वास्थ्य, तौल, उचाई, कामको प्रकृति लगायतलाई विचार गरेर सोही बमोजिम उपलब्ध गराइन्छ । कब्जियत, पायल्स लगायतका समस्याहरु समेत यस विधिबाट सन्तुलनमा ल्याउन सकिन्छ । यस विधिबाट उपचार गराउने व्यक्तिले उपलब्ध गराउने सेवा निश्चित मापदण्ड भित्र हुनुपर्छ । सोहीबमोजिम सर्टिफाइड डाइबिटिज एजुकेटर टे«निङ कोर्षको अध्ययन गरेका व्यक्तिहरुले मात्र यस विधिको प्रयोग गर्न पाइन्छ । नेपालमा म आफैंले पनि यो विधि निकै नै प्रभावकारी रहेको पाएको छु ।

पछिल्लो समय डाइबिटिज चीन, भारत लगायतमा ठूलो समस्याको रुपमा देखिएको छ । नेपालमा पनि अहिले डाइबिटिजका विरामीहरु बढिरहेका छन् । शुरुका दिनमा बिना औषधी प्राकृतिक विधिको प्रयोगबाट औषधी लिइरहेका विरामीलाई औषधी छुटाउन सम्बन्धित डाक्टररु तयार नहुन सक्नुहुन्छ । यद्यपि सेवा लिने क्रममा केही समयमा नै त्यसको प्र्रभाव देखिन थाल्ने भएको कारण डाक्टरहरुले नै औषधी कम गराउन परामर्श दिनुहुन्छ ।

हाम्रो शरीरलाई सबै किसिमका तत्वहरुको आवश्यकता रहन्छ । तर सप्लिमेन्टको रुपमा तयार गरिएका भिटामिन लगायतमा भने एक किसिमको भिटामिन मात्रै रहन्छ । जसले गर्दा दीर्घकालिन रुपमा क्यान्सर लगायतका जटिल समस्या समेत निम्त्याउन सक्ने अवस्था रहन सक्ने देखिएको छ । यसको विकल्पको रुपमा हामीले दैनिक जीवनमा फलफूल लगायतका प्राकृतिक वस्तुको प्रयोग र जीवनशैली अपनाउने हो भने त्यसले निकै सन्तुलित नतिजा दिन्छ । जुन विभिन्न अध्ययनहरुबाट प्राप्त भएको परिणाम हो ।

काँचो खानपिनमा जोड, दूधजन्य वस्तुको कम प्रयोग:
विभिन्न काँचो खानेकुरामा मानिसको लागि आवश्यक तत्वहरु उपलब्ध हुने गर्छन् । साथै यी तत्वहरु शरीरका विभिन्न प्रक्रियाबाट प्रशोधन भएर मात्र शरीरले लिने गर्छ । तर जंक फुडहरु खाँदा भने कलेजोले प्रशोधन प्रशोधन नगरी त्यसका तत्वहरु सिधै रगतमा मिसिन्छन् । यसबाट हाम्रो शरीरमा अनावश्यक तत्वहरु भण्डार हुने गर्दछन् । विगतमा हामीले लिने अधिकांश खाद्यान्नहरु काँचो र प्राकृतिक नै लिने गरेको कारण हामीले तुलनात्मक रुपमा कम शारीरिक समस्याहरु सामना गर्नुपथ्र्यो । तर अहिले यस्ता समस्याहरु बढेका छन् । यसो हुनुमा हाम्रो परिवर्तित जीवनशैली निकै महत्वपूर्ण छ ।

साथै हामीले गुलियो लिने क्रममा पनि चिनीको प्रयोग नभई फलफूलको प्रयोगमा जोड दिनु जरुरी रहन्छ । चिनीमा ग्लुकोज उपलब्ध हुन्छ भने फलफूलमा फ्रुटोज उपलब्ध हुन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: