नेपालको हिमाली क्षेत्रको पानी लिन कोरिया तयार, आवश्यक अध्ययन हुँदै

  • व्यवसायीहरू उत्साहित

  • सुवास भण्डारी, अध्यक्ष, नेपाल वोटल वाटर उद्योग संघ

    नेपालको हिमाली क्षेत्रमा उपलब्ध हिऊँ पग्लेर सङ्कलन हुने पानीले विश्वबजारकै ध्यान तान्न सफल भएको छ । उक्त पानीलाई आफ्नो देशमा आयात गर्न कोरिया समेत इच्छुक देखिएको छ । सोही बमोजिम तत्काल नै कोरियाले नेपालमा उपलब्ध हिमाली क्षेत्रको पानी लिनको निम्ति विभिन्न चरणका छलफलहरु अघी बढाएको छ । भर्खर मात्रै जुलाई २ देखि ८ सम्म नेपाल उद्योग वाणिज्य महासंघ मातहत कमला श्रेष्ठ नेतृत्वको वोटल वाटर उद्योग संघका अध्यक्ष सहितको टीम कोरियामा गएर नेपाली पानीलाई निर्यात गर्ने कार्यलाई अघी बढाउन प्रक्रिया अघी बढाइएको हो ।

    पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघले समेत नेपालमा उत्पादित विभिन्न वस्तुहरुको बाह्य बजारमा प्रवद्र्धनको लागि प्रोत्साहनमूलक कामहरु अघी बढाइ नै रहेको सन्दर्भमा महिला उद्यमी कमला श्रेष्ठको नेतृत्वमा कोरिया भ्रमणमा गएको १७ जनाको टोलीले कोरियाका ४ ओटा कम्पनी सँग वि टु वी सम्झौता गरेर नेपालमा फर्किनुलाई नेपाली उद्यमीहरुले पहिलो चरणको सफलताको रुपमा लिएका छन् ।
    नेपालमा उपलब्ध हिमाली क्षेत्रमा निःशुल्क उपलब्ध हिउँ पग्लिएको पानी पुर्णतः स्वस्थकर मानिन्छ । उक्त पानी निर्यात गर्नसके मुलुकमा ठुलो विदेशी रकम भित्र्याउन सकिन्छ । नेपालका निजी व्यवसायीहरुले समेत यस कुरालाई मनन गर्दै ठुलो व्यवसायको रुपमा हिमाली क्षेत्रको पानीलाई लिन सकिने र यसको लागि आवश्यक व्यावसायिक वातावरण बनाइदिन सरकार पक्षसँग समेत आग्रह गरेका छन् । पानी व्यवसायीहरुको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग संघ नेतृत्वले अहिले एकातिर राज्यसँग मिलेर हिमाली क्षेत्रको पानीमा लगानी गर्ने वातावरण खोजिरहेको छ भने अर्कोतिर नेपाली पानीलाई बाहिर निर्यात गर्नको लागि समेत विदेशी कम्पनीसँग छलफल प्रक्रिया अघी बढाएको छ ।

    कोरियामा आवश्यक पानीको गुणस्तर
    नेपालको हिमाली क्षेत्रको पानी लिन तयार देखिएको कोरिया नेपाल जस्तै एक पहाडी मुलुक हो । त्यहाँ पहाडी क्षेत्रबाट उत्पादन हुने पानीको कमी छैन । सोहीकारण कोरिया सामान्य अवस्थामा उपलब्ध नभई उच्च गुणस्तरीय हिमाली क्षेत्रको सिधै हिउँ पग्लेर उपलब्ध हुने (ग्लासियर) पानीमा आवश्यक लगानी गर्न आयात गर्न तयार छन् । साथै नेपालमा उपलब्ध हिमाली क्षेत्रको पानीलाई बाह्य बजारमा प्रवद्र्धन गर्नु नेपाल र नेपाली उद्योगीहरुको निम्ति समेत खुसीको कुरा हो । ग्लासियरको पानी आयातको लागि कोरियाले गरेको यस्तो प्रस्तावले नेपाली उद्योगी व्यवसायीहरुमा खुसीयाली छाएको छ ।

    यद्यपि नेपालमा उपलब्ध हिमाली क्षेत्रको पानीलाई कसरी विदेशी बजारमा पु¥याउने भन्ने सम्बन्धमा नेपालमा सोही बमोजिम राज्यले नीतिगत व्यवस्था गर्नु जरुरी छ । साथै यसरी हिमाली क्षेत्रको पानीमा लगानी गर्न नेपालको तर्फबाट नेपाल सरकार आफैं समेत तयार भएको बुझ्न सकिन्छ । साथै यस कार्यलाई अघी बढाउन राज्यले नीतिगत व्यवस्थाको अलावा जग्गा उपलब्ध गराउन सहज परिस्थिति सृजना गरी सहयोग गर्नुपर्ने आवश्यकता छ । यस्तो वातावरण बने निजी व्यवसायीहरु लगानी स्रोत जुटाउन तयार हुनेछन् ।

    कस्ता कम्पनीसँग भएको छ सम्झौता ?
    अहिले नेपाली उद्योगीहरुले कोरियामा राम्रो तवरले स्थापित कम्पनीसँग छलफल प्रक्रिया अघी बढाएका हुन् । नेपालको हिमाली क्षेत्रमा अहिले प्रयाप्त मात्रामा पानी उपलब्ध रहेको यद्यपि त्यसलाई उपयोगमा ल्याउन नसकिएको अवस्थामा अहिलेको पहल महत्वपुर्ण कोशेढुंगा सावित हुने देखिन्छ । यस पानीलाई विदेश निर्यात गर्न सकेको खण्डमा नेपालले मनग्य आम्दानी गर्न सकिने अवस्था छ ।

    पानी अायात गर्न कतार समेत आकर्षित छ 
    नेपाली पानी आयात गर्न कोरिया मात्र नभई कतार समेत तयार देखिएको छ । सोहीकारण नेपालले पानी प्रशोधनको निम्ति तत्काल नै प्रक्रिया अघी बढाउनु जरुरी छ । यसको लागि राज्यबाट आवश्यक अध्ययन गने गर्नुपर्ने हुन्छ । साथै सरकारी निजी साझेदारी (थ्रिपि) मोडलमा लगानी गर्नु उपयुक्त देखिन्छ । साथै यसपटक नेपाल सरकारले पानी निर्यात र यसको लागि आवश्यक प्रक्रिया अघी बढाउनको निम्ति समेत बजेट विनियोजन गरेको छ । जसले गर्दा यो कार्य छिटै अघी बढ्ने अपेक्षा गर्न सकिन्छ ।

     प्रशोधित पानी प्रयाप्त छ 
    अहिले नेपालमा सञ्चालनमा रहेका पानी कम्पनीहरुले अधिकांश मात्रामा प्रशोधित पानी नै उपलब्ध गराइरहेका छन् । तर विदेशी मुलुकहरुले प्रशोधित नभई श्रोतकै पानी (स्प्रिङ वाटर) आवश्यक छ । नेपालमा पानी प्रशोधन क्षेत्रमा संलग्न पानी उद्योगहरुले आवश्यकता बमोजिम नेपालमा पानी उत्पादन कार्यमा संलग्न सबै उद्योगबाट पानी संंकलन गरेर सामुहिक व्यापार चिन्हको माध्यमबाट विदेशको लागि आवश्यकता बमोजिम प्रयाप्त पानी उपलब्ध गराउन नेपाली कम्पनीहरु सक्षम रहेका हुनाले आगामी दिनमा यसको लागि पनि प्रक्रिया अघी बढाउनुपर्ने आवश्यकता छ ।

    राज्यले गर्नुपर्छ सहजीकरण 
    हिमाली क्षेत्रमा पानी उद्योग सञ्चालनको क्रममा अहिले सबै ठाऊँमा बाटोको सुविधा पुग्न सकेको छैन । जुन कार्यमा राज्यको पहल आवश्यक रहन्छ । साथै नेपालमा उत्पादित पानी कोरिया लैजाने क्रममा हवाईमार्ग र जलमार्गको प्रयोग गर्न सकिन्छ । नेपालमा बाहिरबाट हवाई माध्यमबाट आउने कन्टेनर अहिले ८ ओटा रहेका र त्यस मध्ये ३ ओटा मात्र भरिएर जाने अवस्था छ । यसबाट छोटो अवधिमा निकै सस्तोमा पानी पठाउन सकिने अवस्था रहन्छ । यसैगरी जलमार्ग अन्तरगत नेपालको निम्ति आउने करिब ३ दर्जन कन्टेनरले नेपालमा सामान ल्याएपनि फर्कँदा केवल १० ओटा जति मात्रै सामान लिएर जाने अवस्था छ । नेपालबाट सामान बाहिर जाने क्रममा कतार पोर्ट हुँदै सामान बाहिर जाने गर्छन् । त्यहाँबाट सहज रुपमा निर्यात गर्न सहज भएको खण्डमा नेपालको पानी सहजै विश्व बजारमा पुर्याउन सकिन्छ । यसको लागि राज्य पक्षबाट नै नीतिगत सम्झौता हुनु जरुरी छ । यसको अलावा पानीको गुणस्तर कायम राखिरहन पनि विशेष क्षमतायुक्त (मासु, डेरी लगायत वस्तुहरु ओसारपसारमा प्रयोग हुने) कन्टेनर प्रयोग गर्नु आवश्यक रहन्छ ।

    अन्त्यमा,
    सरकारले विहार र युपिलाई लक्षित गरी पानी निर्यातको लागि समेत पहल गर्नु आवश्यक छ । प्रयाप्त जनसङ्ख्या भएका ती क्षेत्रमा प्रयाप्त पानी आवश्यक रहन्छ । उक्त क्षेत्रमा हाल दैनिक १५-२० हजार ट्याङ्कर पानी निर्यात हुन सक्ने वातावरण बनाइदिन आफुहरुले मन्त्रीज्यूलाई पनि आग्रह गरेको वोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले बताउनुभयो । साथै भर्खरै पुःन भण्डारीकै अध्यक्षतामा निर्वाचित नयाँ जुझारू कार्यसमितिमार्फत पानी क्षेत्रकाे थप विकास र प्रवर्द्धनकाे लागि घिल्लाे कार्यकालमा अघी बढाएका थुप्रै कामहरूलाइ टुङ्गाेमा पुर्याउन समेत अध्यक्ष भण्डारीलाइ थप सहयाेग मिलेकाे छ । थप सफलताकाे लागि अपेक्षा सहित नवनिर्वाचित कार्यसमितिलाइ विशेष शुभकामना ।

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: