नेपालमा पर्यटन व्यवसायीहरुको भविष्य उज्जवल रहेको छ : व्यवसायी थपलिया


श्याम राज थपलिया, युवा पर्यटन व्यवसायी

देशको आर्थिक पक्षलाइ माथि उठाउने विभिन्न पक्षहरू छन् । मिडिया, कार्पेट, गार्मेन्ट, ह्यान्डीग्राफ्ट लगायतका पक्षहरू जस्तै पर्यटन पनि एक क्षेत्र हा । टुरिजम भन्ने बित्तिकै यसले मात्रै ब्यापार गरेको हुँदैन यो खाली मिडियटर हो । देशलाई समृद्ध बनाउने हामीले नै हो । अहिलेको सरकारको पोजेटिभ पक्ष भनेको दुईतिहाई बहुमत हो । दुईंतिहाई बहुमत भएपनि उसँग ‘ल एन्ड अडर्र’को क्षमता राख्छ । काम गर्ने वातावरणका लागि त्यो आवश्यक छ । वास्तवमा देश बनाउन व्यापारीको ठूलो रोल हुन्छ । ब्यापारीलाई लगानी गर्ने र काम गर्ने वातावरण चाहिन्छ, त्यसको लागि ‘ल एन्ड अडर्र’ आवश्यक छ । त्यो अहिलेको सरकारले दिन सक्छ । हाम्रो देशको सिस्टम धेरै वर्षदेखि बिग्रिएको छ । लामो समय व्यथितिले बिग्रिएको ठाउँमा आजको भोलि नै रिजल्ट खोजेर हुँदैन । जसरी धेरैवटा रोगले गाँजेको बिरामीलाई एउटै उपचारले हुँदैन । त्यस्ता बिरामीलाई एउटा औषधिले अर्को रोगलाई हानी गर्दछ आर्थिक पक्ष पनि त्यस्तै हो । बीस औं वर्षदेखि देशको आर्थिक पक्षसँग सम्बन्धित धेरै कुरा बिग्रिएका छन् । जुनबेला देशमा ल एन्ड अर्डर थिएन, आर्थिक अनुसासन थिएन, नियमकानुन सबै मिचिएका थिए, त्यसले गर्दा कसैले कर तिरिरिहेका थिए भने कसैले करै नतिरी पनि व्यवसाय गरे । धेरै पक्षहरु बिग्रिएकाले यसलाई सुधार गर्न केही समय लाग्छ । पछिल्लो सयम विकासको इन्डिकेटर ग्रिन भएर आएको छ । भनेजस्तो त सरकारले गर्न पाएको छैन होला । ढिलो भए पनि यो सरकारले राम्रै गर्छ भन्ने आशा लिनुपर्छ । पर्यटन र आर्थिक क्षेत्रको तुलना देशको आर्थिक क्षेत्रलाई नियाल्दा पर्यटनलाई गतिलो पाटोको रुपमा लिन सकिन्छ । पर्यटन विकासको लागि महत्वपूर्ण र पहिलो पूर्वाधार भनेको एयरपोर्ट हो । दोस्रो नेशनल क्यारियर, यसले आफैं विजनेश गरेको हुँदैन । यो भनेको एउटा क्षेत्रबाट अर्को पक्षमा जोडिन्छ । पर्यटन भनेको व्यापारको मिडियटर भन्दा पनि हुन्छ जस्तै नेपाल एयरलाइन्सले घाटामा ब्यापार गरिरहेको हुन्छ, जसको कारणले देशलाई २ अर्ब नोक्सानी भएको तर त्यसको अन्य क्षेत्रबाट फाइदा पु¥याइरहेको हुन्छ । जस्तै गार्मेन्ट, ट्रेनिङ, होटल व्यवसाय, कपडा लगायत अन्य टुरिजमका विङ्सहरुबाट फाइदा हुन्छ । यसलाई नेशनल क्यारियर किन भनिएको भने हाम्रो एयरपोर्ट एकदमै साँघुरो छ । त्यसकारण ठूला बाइडवडी ल्याउन गाह्रो हुन्छ । एयरलाइन्समा जति ठूला प्लेन भयो त्यति फाइदा हुन्छ । जसमा धेरै यात्रुहरु यात्रा गर्न सक्छन् । हामी वाडवडीको कुरा गर्दछौं जसको भार एयरपोर्टले धान्नै सक्दैन । त्यसको निराकरणका लागि अहिले निजगड, भैरहवा, पोखरालाई अगाडि सारिएको छ । पछिल्लो समय त ताप्लेजुङको पनि कुरा आएको छ । नेशनल क्यारियरमा २०–५० वटा जहाज भयो भने टुरिजम क्षेत्रलाई ठूलो टेवा पुग्छ । टुरिजम क्षेत्रलाई राम्रो र अनुशासित, सुविधासम्पन्न बनाउन एयरपोर्टलाई महत्वपूर्ण मानिन्छ ।  

मर्यादित र व्यवस्थित व्यवसायमा जोड 
टुरिजम व्यवसाय भनेको यति सेन्सेटिभ पक्ष हो जहाँ अनुशासन, मर्यादा र व्यवसायिक नैतिकताको खाँचो पर्दछ । टुरिष्ट एयरपोर्टमा झर्ने वित्तिकै पहिला त राम्रो वातावरण हुनुपर्छ जसको कारणले मानिसमा ‘ओहो’ भन्ने होस् । त्यसको लागि हामीले मर्यादाको पालना गर्नुपर्छ । जस्तै एयरपोर्टमा टुरिष्टहरु झर्न पाएको हुँदैन । असभ्य ढंगबाट मैला लुगा लगाएका मान्छेले विदेशीलाई यता–यता भनेर तान्दा कत्ति अप्ठ्यारो हुन्छ । उनीहरुको सोचाइ कस्तो हुन्छ ? त्यस्ता असभ्य व्यवहारले विदेशीलाई पहिला नै नेपालप्रति विश्वास घटिसकेको हुन्छ । बाटैमा विश्वास घटेको मान्छेले के राम्रो मान्छ ? त्यसैले व्यवसायीको व्यवहारलाई परिवर्तन गर्नुपर्छ । व्यवसाय राम्रो बनाउन मर्यादित, अनुशासित र व्यवसायिक नैतिकता हुनजरुरी छ । टुरिष्टहरु त हाम्रा पाहुना हुन् पाहुनालाई हामीले स्वागत र सत्कार गर्नुपर्छ भन्ने ज्ञान व्यवसाय गर्नेमा भरपुर हुनुपर्छ । जसरी हाम्रो घरमा आएका आफन्तहरु महत्वपूर्ण हुन् ठ्याक्कै त्यस्तै हामीले टुरिष्टहरुलाई सोच्न सक्नुपर्छ । जब हामीमा त्यो खालको मनोभावना विकास हुन्छ तब मात्र टुरिजम व्यवसायको संरचनागत विकासको थालनी हुन्छ । टुरिजम क्षेत्रले देश विकासका लागि एउटा ठूलो पाटोको रुपमा काम गरेको छ । जसको लागि न सरकार न व्यवसायी दुवै पक्षले राम्रो ध्यान दिएको पाइँदैन । टुरिजम क्षेत्र भनेको आर्थिक विकासको एउटा महत्वपूर्ण क्षेत्र हो । जसलाई हामीले अनुशासित, मर्यादित र व्यवसायिक ढंगले अगाडि बढाउन सक्नुपर्छ ।

राम्राे ज्ञान हुनुपर्छ

कुनै पनि मान्छे काम गर्नलाई त्यो क्षेत्रको जानकार योग्य हुनुपर्छ । यदि त्यस्तो छैन भने त्यो ठाउँको मर्यादा राख्न सकिँदैन । पर्यटन क्षेत्रमा राम्रो ज्ञान छैन भने त्यहाँ जानै हुँदैन । पद प्रतिष्ठा होल्ड गर्न नसक्ने मान्छे पदमा पुग्नु दुर्भाग्य हुन्छ । अहिलेको सरकारका काम पनि त्यस्तै देखिएका छन् । जुन व्यक्तिलाई सम्बन्धित क्षेत्रको ज्ञानै छैन जुन पदको र प्रतिष्ठाको इज्जत गर्न सक्दैन भने त्यहाँ जानुको अर्थ हुँदैन । त्यसैले हामीले जहिले पनि कुनै पनि ठाउँको जिम्मेवारी लिनुअघि त्यो ठाउँको मर्यादा, गरिमा जोगाउन सक्नुपर्छ । यदि त्यो गर्न सकिँदैन भने जो त्यस ठाउँको क्यापेबल छ, त्यसको इच्जत गर्न सक्छ उसलाई पठाउनु उपयृुक्त हुन्छ । हाम्रा देशका नेता, मन्त्रीहरुमा त्यो कुराको कमी देखिन्छ । आपूmलाई थाहै नभएको विषयमा पनि जबरजस्ती गर्ने जसको कारणले काम बिग्रिइरहेको हुन्छ । काम गर्न नसक्नेलाई हत्तोसाहित र गर्न सक्नेलाई इन्करेज गर्नुपर्छ ।

सरकार र व्यवसायीबीच तुलना 
यसलाई तुलना गर्दा पछिल्लो समय होटल व्यवस्थापन राम्रो भएर आएको छ । रुमहरु जति पनि पुग्ने भएको पाइन्छ । एयरपोर्टको पनि बिस्तारै व्यवस्थापन हुँदै गएको छ । पहिलाको भन्दा अलि मर्यादित र व्यवसायिक बन्न थालेको छ । यी कुराहरुलाई नियाल्दा पर्यटन व्यवसायलाई काम गर्ने वातावरण बन्दै गएको जस्तो लाग्छ । यस पेशामा लागेका मानिसहरु पनि पहिलाको भन्दा अलि मर्यादित र अनुशासित हुन थालेका छन् । जुन पहिला जुन खालको अस्वस्थ प्रतिस्प्रर्धा थियो त्यो अलि घटेको छ । अस्वस्थ प्रतिस्प्रर्धाले पेशालाई गुणस्तर हिन बनाउछ । स्वच्छ प्रतिस्प्रर्धाले मात्रै क्वालिटी ल्याउँछ ।

पर्यटनमा क्वालिटी भन्दा फेसन बढी 
क्वालिटीभन्दा देखासेखी बढी भएका कारण क्वालिटी खस्किएको हो । क्वालिटी काम गरेपछि मात्र आउने हो । कामबाट नै मानिसमा सीपको विकास हुन्छ सीपसँगै क्वालिटीका कुरा आउँछन । हामीसँग जति पनि खाने कुराहरु छन् ती सबै जमीनबाट प्राप्त हुन्छ । जस्तै ती ठाउँहरु चरिकोट, पोखरा, तराइका कति उर्बराभूमिहरु छन् । जुन ठाउँ विशेष अन्न, फलपूmल, तरकारी उत्पादन हुन्छन् । ती उर्बरभूमिहरु काममा गर्ने उपयुक्त वातावरण मल, बीउ, साधन स्रोत र सीप, उत्पादित वस्तुको बिक्री वितरणका बजार अभावले बाँभैm रहेका छन् । हामी विदेशका जमीनमै काम गर्न गएका हुन्छौं । त्यही काम नेपालका कतिपय बाँझो रहेका जग्गा–जमीनमा गर्दा हुन्छ । नेपालमा पहाड, तराईलगायतका जिल्लामा जति जग्गा बाँझो रहेका छन् । जस्तै तराई, पहाडका थुप्रै खेति योग्य जमीनहरु सिंचाई, कामदार, मल, बीऊ, औजार र जनशक्ति अभावका कारण बाँझो रहेका हुन् । हामीले विदेशतिर कामदार एक्सपोर्ट गर्नुभन्दा खाद्य सामग्री उत्पादन गरेर एक्पोर्ट गर्ने हो भने उत्पादन बृद्धि हुन्छ । नेपालमै काम पाए विदेश जाने युवाहरु नेपालमै काम गर्दछन् । तर, काम गर्ने वातावरण हुनुप¥यो, उत्पादित खाद्य सामग्रीहरु बिक्री वितरण गर्ने बजार हुनुप¥यो, किसानको सुरक्षा हुनुप¥यो । कति नेपाली इजराइल गएर सिकेर आएर नेपालमा कृषि उत्पादन गर्न लागेका छन् । उनीहरु कृषिदेखि पशुपालनसम्मका कामहरु गरिरहेका छन् । राज्यले त्यस्ता व्यक्तिलाई इन्करेज गर्नुप¥यो । उनीहरुको लगानीको सुरक्षा हुनुप¥यो । कतिले विदेशबाट आएर तरकारी खेती गर्न थालेका छन् । त्यसको सरकारले इन्स्योरेन्सदेखि बजार व्यवस्थापनको वातावरण मिलाउनुपर्छ । नेपालमा कृषिजन्य काम गरेर ५० हजारदेखि १ लाखसम्मको कमाइ एक व्यक्ति गर्न सक्छन् तर वातावरण चाहियो ।

आत्मनिर्भर कसरी बन्ने 
नेपाललाई खाद्यपदार्थमा आत्मनिर्भर बनाउन कृषि विज्ञहरु हायर गरेर ल्याउनुपर्छ । उनीहरुबाट आफ्ना जनशक्तिहरु उत्पादन गर्नुपर्छ । हाम्रो देशमा कतिपय पहाड र तराइका उर्बर जमीनहरु छन् त्यसमा भूगोल र माटो सुहाउँदो खाद्यान्न उत्पादन गर्नुपर्छ । यहाँको हावापानी कति राम्रो छ, चैत, वैशाख जस्तो खडेरी महिनामा पनि पानी परिरहेको छ, बनजंगलहरु हरियालीले ढाकिसकेका छन् । जल, जंगल र जढिबूटीले भरिपूर्ण प्राकृतिक सौन्दर्यले भरिएको सुन्दर मुलुकमा हाम्रो सरकारले केही गर्न सक्दैन भने अन्य देशबाट विज्ञहरु हायर गरेर भए पनि प्राप्त उपलब्धिलाई हासिल गर्न सक्नुपर्छ । सम्बन्धित ठाउँको लागि जुन व्यक्ति काबिल छ उसलाई काम गर्ने वातावरण दिनुपर्छ । सरकारमा हुनेहरुले जसरी हिजो सत्तामा पुग्नका लागि अनेक दुःखकष्ट गर्नुभएको थियो । त्यसैगरी देश बनाउन के–के गर्नुपर्छ भनेर सोच्नुपर्छ । एउटै व्यक्ति बसै कुरा जान्ने हुँदैन कसैको के गर्ने क्षमता हुन्छ कसैको के गर्ने त्यो पत्ता लगाउनुपर्छ । सबै मै जान्ने भन्ने घमण्ड छोड्नुपर्छ सरकारमा हुनेहरुले । जति सजिलो बोल्न र भाषाण गर्न हुन्छ त्यति नै गाह्रो काम गर्न हुन्छ ।

अर्थतन्त्र ओरालोतर्फ
सरकारले अन्तर्राष्ट्रिय क्षेत्रलाई हामी आर्थिक उन्नतितिर अगाडि गइरहेको भन्ने विश्वास दिलाउन सक्नुपर्छ । त्यसका लागि आधारहरु चाहिन्छन् जस्तै केमा समृद्ध छौं त भन्दा कृषिमा होकि, पशुपालनमा होकि वा नगदे बालीमा ? । कृषि उत्पादन बढाउन कस्ता विज्ञ चाहियो भन्दा अहिलेको जस्तो टेक्नोलजीको युगमा गुगलमा सर्च गर्ने हो भने सबै पाइन्छ । गुगलमा पसेर सर्च गर्ने हो भने विश्वमा केही भइरहेको छ भन्ने कुरा छर्लङ्ग हुन्छ । विदेश जाने युवाहरु २ लाखको हाराहारी पैसा तिरेरका हुन्छन् उनीहरुको त्यहाँ कमाइ २५–३० हजार हुन्छ । त्यसले दुई वर्षमा खाएर खर्च कटाएर दुई÷अढाइ लाख कमाई हुन्छ । त्यो पैसा नेपालमै लगानी गरेर ७७ वटै जिल्लामा बाँझो रहेको जग्गा सरकारले लिएर उत्पादनशील काम लगाउने हो भने महिनामा लाख रुपैयाँ नेपालमै कमाई हुन्छ । अहिले विश्वमा उत्पादन भनेको जमीन हो पैसा जति भए पनि मानिसलाई अन्तिममा चाहिंने भनेको खान, लाउन नै हो । खानेलगाउने सबै चिज जमिनबाट उत्पादन हुन्छ । विश्वमा जे–जति फलफुल, खाद्यान्न लत्ताकपडा सबै कृषिजन्य उत्पादनबाट प्राप्त हुन्छ । अझ हामीले अग्र्यानिक ढंगबाट खेती गर्ने हो भने झन् महत्वपूर्ण हुन्छ । अहिले सबै खेती गर्ने पनि डिजिटल सिस्टम आइसकेको छ । जस्तो उदाहरणका लागि थाइल्याण्डका राजा आपूmलाई पूmर्सद भएको बेलामा गाउँमा गएर कुन ठाउँमा कुन खेती सुयोग्य हुन्छ भनेर रिसर्च गर्दथे रे । त्यसकारण देश विकास गर्न सरकारका प्रतिनिधिहरु कसरी लाग्दारहेछन् गतिलो उदाहरण पनि हो ।

पर्यटन व्यवसायको भविष्य 
नेपालको पर्यटन व्यवसाय दुई किसिमबाट गर्न सकिन्छ एउटा क्वालिटी र अर्को क्वान्टिटीबाट । नेपालको सबै पक्षलाई हेर्दा लार्ज क्वान्टिटीबाट पर्यटक थाम्न सक्ने हाम्रो क्यापासिटी त छैन । हाम्रो देशको पपुलेसन नै जम्मा ३ करोड हाराहारी छौं । त्यसमा झन्डै पौने दुई करोड त बाहिरै होलान् । लगभग डुडकरोड मानिस नेपालमा छौं होला जस्तो लाग्छ । यसमा एचुयल तथ्यांक त थाहा भएन । यी सबै कुरालाई मूल्यांकन गर्दा करोडौंकरोडको संख्यामा पर्यटक हामी ल्याउन सक्दैनौं । भोलिका दिनमा भौतिक पूर्वाधारलगायत आवश्यक यिजहरु पूरा गर्न सके र व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न सके क्वान्टिटी होइन क्वालिटीको पर्यटन व्यवसाय हुन सक्छ ।
जस्तो विदेशीलाई एक पटक नेपाल जान पाए हुन्थ्यो भन्ने विश्वास दिलाउन सक्नुपर्छ । जस्तो भुटानमा जानलाई मिनिमम पनि यति खर्च गर्नुपर्ने भन्ने नियम छ त्यहाँ जोपायो त्यही जान पाउँदैन । यसैगरी एउटा नियम बनाएर क्वालिटीको पर्यटन व्यवसाय गर्ने हो भने यसको भविष्य सुनौलो छ । लामो समयसम्म काम गर्दा पनि केही उपलब्धी भएन भन्ने छ त्यसमा जब देश नै समृद्ध छैन । देशै गरीव छ भने व्यक्ति धनी भएर केही हुँदैन । तर, देश धनी भयो भने व्यक्ति गरीव भए पनि फरक पर्दै कम्तिमा धनी मुलुकको गरीब नागरिक त भइन्छ ।

अन्य मुलुक र नेपालमा भिन्नता 
हामीले विदेशी आउने बित्तिकै टन्न पैसा भएर आएका हुन्छन् भन्ने मानसिकता त्याग्नुपर्छ । उनीहरु पनि केही बाहेक दुःख गरेर कमाएको थोरै पैसाबाट आएका हुन्छन् । त्यस्ता पर्यटकलाई एकैचोटी कमाउने उद्देश्यले खर्च गरायो महंगो बनायो भने अर्को पटक फर्केर नआउन पनि सक्छ । सैयौं दुई÷तीन जना त्यस्ता पनि होलान् जति खर्च गर्न पछिनपर्ने तर सबै त्यस्ता आएका हुँदैनन् । सोचेकोभन्दा महंगो भयो भने इमेजै खराब हुन्छ । थोरै व्यवसायी र थोरै त्यस्तो सोच राख्ने पर्यटकले गर्दा समग्र पेशाको इमेज बिग्रन सक्छ । जसले गर्दा नेपालप्रति नै उनीहरुको सोचाईं नेगेटिभ हुन्छ । त्यस्तो काम नगर्ने मान्छेहरु पर्यटन व्यवसायमा लाग्नुपर्छ । त्यस्ता क्रिम मान्छेहरुको टिम नै बनाउनुपर्छ ताकि तिनका कारणले व्यवसाय धरापमा नपरोस् ।

नेपालको राजनीति
नेपालको राजनीतिको बारेमा भन्नुपर्दा विभिन्न खालका द्वन्द्वलाई पार गरेर ठूला संघर्षपछि दुई तिहाईको सरकार बनाउन सफल भएको छ अहिलेको सरकार । जनताले चाहेको संविधान पनि जारी भएको छ । त्यसको साथै नेपालमा संघीयता पनि लागुभएको छ । मानिसहरुले भन्ने गर्थे नेपालमा संघीयता हुनै सक्दैन भनेर त्यो पनि स्थानीय, प्रदेश र संघगरी तिनै तहको निर्वाचन सम्पन्न भएर स्थायी सरकार बनिसकेको छ । यहाँ एकथरी मानिसको भनाइ थियो, नेपालमा फ्रेडल सिस्टम फाप्दैन हुनै सक्दैन भन्ने थियो त्यो त पुरा भएको छ । डेमोक्रेसीमा कहिलेकाही काम गर्दै जाँदा कमीकमजोरी पनि हुन्छन् ती कमीकमजोरी विस्तारै सुध्रिँदै जान्छन् । नेपालको राजनीति हिजो लोकतान्त्रिक सरकार भए पनि कुनै दलले बहुमत ल्याउन नसक्दा सरकार सधैं अस्थिर हुन्थ्यो । आज आएर मुलुक संघीयतिर गइसकेको छ । तिनै तहका सरकारहरु पनि व्यवस्थित हुँदै अगाडि बढिरहेका छन् । यी सबैलाई हेर्दा मुलुकमा स्थायी सरकार बनिसकेकाले अब नेपाल राजनीति बिस्तारै स्थिरतातिर उन्मुख भइरहेको छ ।

युवालाई सुझाव 
नेपालका युवाहरुले मैले यो देशबाट केही पाइँन भन्नु भन्दा पनि मैले यो देशलाई के दिएँ भन्नेतिर सोच्नुपर्छ । देश भनेको हामी सबै मिलेर बन्ने हो माटो ढुंगाले होइन । हामी युवाहरु सबै मिलेर यो देशलाई कसरी बनाउन सकिन्छ भनेर लाग्ने हो भने नबन्ने कुरै छैन । देशप्रति युवाहरुको दायित्व भनेको हामीले पनि यो देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर सोच्नुपर्छ । आफ्नै देशमा केही गरेर देखाउनुपर्छ । देश बनाउने भनेकै युवाहरुले हो जसले उत्पादन गर्न सक्छ उसैले बनाउने त हो नि । हामीले आफ्नो भूमिका उत्पादन बढाउनतिर लाग्नु उपयुक्त हुन्छ । खाली देशले केही दिएन भनेर विदेश पलायन भएर मुलुक बन्दैन मुलुक बनाउन युवाहरुले यही केही गर्नुपर्छ अनि मात्र समृद्ध र विकसित मुलुक हुन्छ । कुनै पनि पेशा व्यवसायमा लाग्दा त्यो क्षेत्रको सम्वेदनशीलतालाई ध्यान दिनु जरुरी छ । एउटाले गरेको देखेर म पनि त्यही गरिहाल्छु भन्नु भन्दा पनि त्यसको बारेमा गहन अध्ययन गरेर कुन कुरा गर्न म क्यापेबल छु भनेर लाग्नु राम्रो हुन्छ । एउटा घोडा चढेको देखेर आपूm पनि त्यसको पछि दौडिनुहुँदैन । ऊ कसरी त्यहाँ पुगेको छ त्यसको खोजी गर्नुपर्छ ।

सरकारप्रतिको धारणा 
नेपालका नागरिक र सरकारलाई हेर्दा मागको देहोरो संयुगको अभाव भए जस्तो देखिन्छ । मागको दोहोरो संयोगको अभाव भन्नाले जस्तै सरकारलाई व्यापारीले ट्याक्स तिरेनन् भन्ने होला र व्यापारीलाई पनि सरकारले बढी ट्याक्स लगायो भन्ने होला । यी दुईपक्ष बीचको असमझदारीलाई सत्य के भन्ने सरकारल बुझाउन सक्नुपर्छ । कतिपय मिडियामा आइरहेको हुन्छ । कुन कम्पनीले यति अर्ब तिरेन कुनैले यतिलाख तिरेन भनेर त्यसको सत्यता के हो भन्ने हामीले छुट्ट्याउने कुरा होइन । गलत र सत्य कुरा सरकारपक्षबाट क्लियर हुनुपर्छ । बजार हल्ला एउटा हुन्छ मिडियामा एउटा समाचार आएको हुन्छ सरकारले अर्को भनिराखेको हुन्छ त्यसले जनतामा भ्रम हुन्छ । व्यपारीले करै तिर्दैन भन्ने हुन्छ व्यापारीलाई पनि सरकारले सत्यतथ्य पत्ता लगाउन सकेन भन्ने हुन्छ । यसले काम भइराखेको हुन्छ असन्तुष्टि पनि बढिराखेको हुन्छ । सबैले करै नतिरी कम्पनी चलाएको छैन तिर्नेले तिरिरहेको छ अटेर गर्नेले पनि पचाइराखेको छ । एउटाले गर्दा सबैलाई नराम्रो लागेको हुन्छ त्यसैले सरकारले राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो दण्डित गर्नुपर्छ । त्यो भयो भने सबैलाई ढुक्क हुन्छ । सम्पूर्ण नागरिक, व्यपारीलाई ट्याक्स किन तिर्नुपर्छ ? ट्याक्स भनेको के हो ? त्यसको महत्व के छ भन्ने कुरा स्पष्ट हुनुपर्छ । आखिरी सबै सरकारी संमयन्त्र चल्ने भनेको नागरिकले तिरेको करबाटै अनि त्यसलाई जनताले बुझ्ने गरी किन नभन्ने ? करको बारेमा सम्पूर्ण नागरिक, व्यपारीलाई थाहा हुनुपर्छ हामीले तिरेको कर कहाँ गएर जम्मा हुन्छ ?

व्यावसायिक सफलताको कडी 
मानिसले परिकल्पनामा दृढ रहे सोचेकोभन्दा बढी सफलता हासिल गर्न सक्छ । त्यसका लागि तीनवटा कुराको आवश्यकता पर्दछ जस्तै टाइम, टीम र थिम यसको समिलनले नै जीवन सफलतातिर उन्मुख हुन्छ । सधैं सकारात्मक सोच राख्नुपर्छ । सानो उपलब्धीमा पनि सन्तुष्ट हुनुपर्छ विचार लक्ष्य सधैं ठूला लिनुपर्छ । कामलाई कहिल्यै सानो भन्नु हुँदैन, आत्मबल र इच्छा शक्ति हुनुपर्छ । कामप्रति सधैं दृढ विश्वास गर्नुपर्छ मानिसल सफल भइहाल्छ । म आपूmलाई एउटा सफल व्यवसायी बनाउन यिनै मन्त्रहरुको पालना गरेर नै यहाँसम्म आइपुगेको हुँ । युवासाथीहरुलाई पनि यही भन्न चाहन्छु । मानिसले सानो दुःख पर्ने बित्तिकै आत्तिनु हुँदैन र उपलब्धी हुने बित्तिकै मात्तिनु हुँदैन ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: