नेपालमा हवाई उडड्यन क्षेत्रको अहिलेको अवस्था र पर्यटन उद्योग


संक्षिप्तमा नेपाल नागरिक उडड्यन प्राधिकरण

डा. लेखनाथ भण्डारी, सञ्चालक समिति सदस्य, नेपाल नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालको हवाई उडड्यन क्षेत्रलाई व्यवस्थित गर्ने उद्धेश्यले स्थापना भएको एक नियामक निकाय हो । उडड्यन क्षेत्रलाई व्यवस्थित गर्ने क्रममा नेपालमा सञ्चालनमा रहेका एयरलायन्सहरुलाई मोनिटरिङ गर्ने, एयरलायन्सहरुको इजाजत नवीकरण गर्ने, एयरपोर्टको गुणस्तर अभिवृद्धि गर्ने, एयरपोर्टको क्षमता विस्तार गर्ने, नेपालमा स्थापना गरिने एयरपोर्टको मापदण्ड तयार गर्ने, आवश्यक जनशक्तिको उत्पादन गर्ने लगायतका विभिन्न कामहरु यस संस्थाले गर्दै आएको छ । यस संस्थाले आन्तरिक र बाह्य सेवा प्रदायकहरुलाई सहजीकरण गर्ने र पर्यटन विकासको निम्ति उडड्यन क्षेत्रलाई थप प्रवद्र्धनको लागि गर्नुपर्ने आवश्यक कामहरुको निम्ति समेत यो संस्था नेपालको लागि एक मात्र अधिकार प्राप्त संस्था हो ।

नेपालमा उडड्यन क्षेत्रको इतिहास
उडड्यन विज्ञ एम.बि. श्रेष्ठका अनुसार नेपालमा सन् १९४७ मा Lone Pliot भन्ने जहान गौचरणमा अवतरण भएको इतिहास छ । आधिकारिक रुपमा भन्नुपर्दा नेपालमा उडड्यन क्षेत्रको उद्घाटन सन् १९४९ मा नेपालका लागि भारतीय राजदूत सर्जित सिँह महाथिर ४ सिट भएको डेकोटा विमानबाट काठमाडौंमा अवतरण भएको इतिहास छ । त्यस पश्चात् सन् १९५१ फेबु्रअरी १८ मा राजा त्रिभुवन पनि पटनाबाट Decota विमानबाट नेपालमा आएर नेपाललाई प्रजातान्त्रिक मुलुकको रुपमा घोषणा गरेको प्रमाण पनि भेटिन्छ । नेपालमा हवाई यातायातको आवश्यकता महसुस गरेर नेपाल सरकारको लगानीमा सन् १९५८ देखि नेपाल वायु सेवा निगम स्थापना भएको हो । यसपश्चात् नेपालमा निजी कम्पनीहरुले पनि व्यावसायिक उद्धेश्यले उडान कार्य शुरु गरे । त्यस भन्दा पहिले सन् १९५० देखि १९५७ सम्म नेपाल र भारतका व्यवसायीहरुको संयुक्त लगानीमा कलकत्तामा हिमालयन एभिएसन भन्ने कम्पनी स्थापना गरिएको र उक्त कम्पनीले काठमाडाैं–कलकत्ता सेक्टरमा उडान सञ्चालन गर्दै आएको समेत देखिन्छ । त्यस समय कलकत्ता देखि काठमाडौं आउने समय करिब २ घण्टा ४५ मिनेट लाग्थ्यो ।

उडड्यन विज्ञ एम.बि. श्रेष्ठका अनुसार नेपालमा सन् १९४७ मा Lone Pliot भन्ने जहान गौचरणमा अवतरण भएको इतिहास छ । आधिकारिक रुपमा भन्नुपर्दा नेपालमा उडड्यन क्षेत्रको उद्घाटन सन् १९४९ मा नेपालका लागि भारतीय राजदूत सर्जित सिँह महाथिर ४ सिट भएको डेकोटा विमानबाट काठमाडौंमा अवतरण भएको इतिहास छ । त्यस पश्चात् सन् १९५१ फेबु्रअरी १८ मा राजा त्रिभुवन पनि पटनाबाट Decota विमानबाट नेपालमा आएर नेपाललाई प्रजातान्त्रिक मुलुकको रुपमा घोषणा गरेको प्रमाण पनि भेटिन्छ ।

विज्ञान र प्रविधिको विकास सँगै आधुनिक प्रविधिमा आधारित एयरवस र वोइङ लगायतका जहाजहरु निर्माण भएर नेपालमा पनि यसलाई सञ्चालनमा ल्याए पश्चात् हवाई यात्राको दुरी समेत घटेको छ । आधुनिक जहाजबाट नेपालमा अहिले उडान गर्न सकिने अवस्था छ । साथै विगतमा आर्थिक अवस्था राम्रो भएका प्रतिष्ठित व्यक्तिहरु र उच्च पदस्थ सरकारी सेवाका व्यक्तिहरुले मात्रै हवाई सेवा लिँदै आएकोमा अहिले सम्म आइपुग्दा हवाई क्षेत्र सामान्य मानिसहरुको पहुँचमा विस्तार हुन सकेको छ । यसो हुनुमा निजी हवाई कम्पनीहरुको विस्तारले समेत थप सहज भएको छ ।

नेपालमा निजी हवाई कम्पनीहरुको विस्तार
सहज हवाई नीति नेपालमा सन् १९९२ पछि शुरुवात भएको हो । राज्यको यस्तो नीति सँगै नेपालमा थुप्रै निजी कम्पनीहरु स्थापना भए । नेकोन एयर, एभरेष्ट एयर, नेपाल एयरवेज लगायत स्थापना भएसँगै नेपालमा विदेशबाट ठूलो सङ्ख्यामा विदेश पर्यटकहरु त्यसबेला चर्चामा रहेका ठाउँहरुमा भ्रमणको लागि आउने प्रचलन विकास भयो । साथै नेपालमा पहिले चर्चामा नआएका क्षेत्रहरु समेत छोटो अवधिमा नै पर्यटकीय केन्द्रको रुपमा विकास हुन थाले । साथै विदेश भ्रमणमा जाने नेपालीहरुको सङ्ख्या समेत वृद्धि भयो । नेपालको बदलिँदो परिस्थिति बमोजिम नेपालमा पर्यटन तथा हवाई क्षेत्रले पनि प्रयाप्त फड्को मार्दै गयो । यसैको परिणाम स्वरुप भन्न सकिन्छ कि सन् १९८० देखि १९९० को अवधिमा नेपाल वायु सेवा निगमले नेपालका ३८ ओटा स्थानमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको थियो । त्यतिबेला नेपाल वायु सेवा निगमका साना–ठूला गरी १९ ओटा जहाजहरु थिए ।

नेपालमा हवाई क्षेत्रमा सन् १९९२ देखि निजी कम्पनीहरु हवाई क्षेत्रमा आइसकेपश्चात् भने नेपाल एयरलायन्सको अवस्था कमजोर बन्न पुग्यो भने निजी कम्पनीहरुको अवस्था बलियो बन्दै गयो । नेपाल एयरलायन्समा भ्रष्टाचार, राजनीतक हस्तक्षेप, नीतिगत कमजोरी लगायतका गतिविधि बढ्दै गएकाले नेपालमा अन्य निजी एयरलायन्सको तुलनामा नेपाल एयरलायन्सको अवस्था झन् कमजोर बन्दै गयो । नेपाल एयरलायन्समा हाल अन्तराष्ट्रिय उडान गर्ने एयरक्राफ्ट एयरबस ३३० (वाइड वाेडी)  २ ओटा, एयरबस ३२० (न्याराे वाेडी) २ अाेटा र बाेइङ-७५७ एउटा गरी पाँच अाेटा जहाजहरू छन् ।

यसैगरी अान्तरिक उडान तर्फ एयरबस-३२० (M60) २ ओटा Y-12  ४ ओटा र Twinotter विमान ३ ओटा गरी ९ विमानहरु छन् । नेपालमा अहिले जहाजहरुको सङ्ख्या उपलब्ध हुँदाहुँदै पनि आफ्नो जुन पहिचान सहित सेवा विस्तार गर्नुपर्ने थियो, त्यो भने हुन सकेको छैन । नेपाल एयरलायन्स अहिले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा कमजोर नै भएपनि अन्तर्राष्ट्रिय उडानको हिसाबले भने अवस्था बलियो नै बन्दै गएको छ । यद्यपि नेपालमा अब हवाई क्षेत्रलाई बलियो नबनाए सम्म नेपालमा ठूलो मात्रामा विदेशी पर्यटकहरु भित्र्याउन अप्ठ्यारो छ । त्यसैले नेपाल एयरलायन्सलाई थप सुधार गर्नुपर्ने आवश्यकता छ । यस क्रममा नेपाल एयरलायन्सलाई थप सशक्त बनाउँदै अबका विकासका गतिविधिहरु अघी बढाउनुपर्ने टड्कारो आवश्यकता छ । नेपालमा अहिले सम्म एउटा मात्र अन्तर्राष्ट्रिय हवाई मैदान रहेको अवस्थाले गर्दा पनि नेपालमा हवाई क्षेत्रको प्रवद्र्धन एवं पर्यटन प्रवद्र्धनमा केही समस्या रहँदै आएको थियो । अब भने यस क्षेत्रमा केही सुधार भएको छ । यद्यपि अझै पनि नेपालमा नेपाल वायु सेवा निगम मातहत हवाइजहाजको सङ्ख्या थप गर्नुपर्ने, हवाई रुट विस्तार गर्नुपर्ने, हवाई डेस्टिनेसन विस्तार गर्नुपर्ने लगायतका कामहरु यथाशिघ्र गर्नुपर्नेछ ।

अहिले सम्म नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई मैदान भएको कारण समस्या भएको कुरालाई लक्षित गरेर ३ ओटा क्षेत्रमा ठूला अन्तर्राष्ट्रिय हवाई मैदानहरु विस्तार गरिँदै छ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । डिसेम्बर २०१९ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न हुनेछ । यसैगरी July २०२१ मा पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुनेछ । निजगढलाई दोस्रो फुलफेज्ड अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा अघी बढाउने भनिएको भएपनि यसको निर्माण गति अत्यन्तै सुस्त भइरहेको छ ।

अहिलेको बदलिँदो परिस्थितिमा नेपालमा पर्यटन क्षेत्रको प्रवद्धन, सहज यातायात एवं व्यावसायिक गतिविधि लगायतको लागि हवाई क्षेत्रको विकास नितान्त महत्वपूर्ण बन्दै गएको छ । सन् २०२० मा २० लाख पर्यटकहरु नेपालमा भित्र्याउने योजना बमोजिम पर्यटन प्रवद्र्धनमा लागिरहेको अवस्थामा हवाई क्षेत्र समेत एक महत्वपूर्ण क्षेत्रको रुपमा रहेको हुनाले यस क्षेत्रको सहज पहुँच स्थापनाको लागि हामीले पर्याप्त काम गर्नुपर्ने आवश्यकता छ । सन् २०१८ को तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा आउने पर्यटकको सङ्ख्या करिब १२ लाख मात्रै छ । यसलाई हेर्दा अहिलेको अवस्थामा नै सरकारले राखेको उद्धेश्य पूरा हुन सक्ने अवस्था नरहेको कुरालाई विचार गर्दै हामीले हाम्रो हवाई क्षमता विकासलाई विशेष प्राथमिकतामा राखी काम गर्नुपर्ने आवश्यकता छ । अहिलेका पूर्वाधारलाई बलियो बनाउँदै हामीले हाम्रा गतिविधि अघी बढाउनु जरुरी छ । हामीले चाहेको लक्ष्य हासिल गर्नको लागि कसरी सम्भव हुन सक्छ भन्नेमा हामीले विशेष तवरले कामको योजना बनाएर अघी बढ्नु जरुरी छ ।

नेपालमा अब हवाई क्षेत्रलाई बलियो नबनाए सम्म नेपालमा ठूलो मात्रामा विदेशी पर्यटकहरु भित्र्याउन अप्ठ्यारो छ । त्यसैले नेपाल एयरलायन्सलाई थप सुधार गर्नुपर्ने आवश्यकता छ । यस क्रममा नेपाल एयरलायन्सलाई थप सशक्त बनाउँदै अबका विकासका गतिविधिहरु अघी बढाउनुपर्ने टड्कारो आवश्यकता छ । नेपालमा अहिले सम्म एउटा मात्र अन्तर्राष्ट्रिय हवाई मैदान रहेको अवस्थाले गर्दा पनि नेपालमा हवाई क्षेत्रको प्रवद्र्धन एवं पर्यटन प्रवद्र्धनमा केही समस्या रहँदै आएको थियो । अब भने यस क्षेत्रमा केही सुधार भएको छ । यद्यपि अझै पनि नेपालमा नेपाल वायु सेवा निगम मातहत हवाइजहाजको सङ्ख्या थप गर्नुपर्ने, हवाई रुट विस्तार गर्नुपर्ने, हवाई डेस्टिनेसन विस्तार गर्नुपर्ने लगायतका कामहरु यथाशिघ्र गर्नुपर्नेछ ।

पछिल्लो समय चीनले नेपाललाई १५ ओटा गन्तव्यमा उडान भर्न दिने सहमति भएको छ । यद्यपि यसलाई कसरी अघी बढाउने भन्ने सम्बन्धमा विस्तृत अध्ययन आवश्यक छ । हवाई क्षेत्रमा तत्काल काम कसरी अघी बढाउने भन्ने सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा कयित को व्यवस्थापन गर्नु हो । अब तत्काल नै यसको लागि कयित दिएर सोही बमोजिम योजनावद्ध रुपमा अघी बढ्नुपर्छ । तब मात्र नेपालमा दर्ता भएका जहाज कम्पनीहरुले चीनका शहरहरुमा उडान भर्न पाउँछन् ।
नेपालमा अहिलेको अवस्थामा पर्यटन प्रवद्र्धनको लागि अब व्यावहारिकतालाई नै विशेष रुपमा सम्बोधन गर्नुपर्छ । नेपालमा भएका एयर डेस्टिनेशनलाई विस्तार गर्ने आवश्यकता बमोजिम हवाईजहाजहरु थप गर्ने, निर्माणको क्रममा रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई समयमा सम्पन्न गर्ने र आवश्यकता बमोजिम तत्काल निर्णय लिई कामहरु अघी बढाउने हो भने नेपालमा हामीले २० लाख मात्र होइन, सजिलै ५० लाख पर्यटक भित्र्याउन सकिने अवस्था रहन्छ ।

नेपालमा प्रशस्तै सुन्दर प्राकृतिक संरचनाहरु भएकोले आवश्यकता बमोजिम राम्रो तवरले हवाईजहाज सञ्चालन गर्ने हो भने अबको ६÷७ बर्षमा नै हामीले ५० लाख भन्दा बढी पर्यटकहरु नेपालमा भित्र्याउन सम्भव हुन सक्छ । यसको लागि नेपाल एयरलायन्सको आन्तरिक उडानलाई पनि सुदृढ र नियमित गर्नु जरुरी हुन्छ । त्यसैगरी नेपालमा दर्ता भएका प्राइभेट एयरलायन्सलाई बलियो बनाई अन्तर्राष्ट्रिय उडान गर्न सकिने क्षमतामा विकास गर्नुपर्छ । अहिले नेपालमा हवाई क्षेत्रको थप विकासको लागि केही आशाका सङ्केतहरु देखिँदै गएका छन् । यस क्रममा सरकार एवं निजी क्षेत्र दुवैको साझेदारीमा हाम्रो यात्रा अघी बढाउन जरुरी छ ।
नेपाल सरकारले पर्यटन क्षेत्रका ठूला पूर्वाधारलाई विकासमा बढी जोड दिन सकेको खण्डमा मात्र हामीले ठूला हवाइजहाजहरु नेपालमा भित्र्याउन सकिनेछ । यसले मात्र नेपालमा पर्यटन क्षेत्रको कायापलट सम्भव हुन्छ भन्ने मान्यता बमोजिम अघी बढिरहेको छ । पछिल्लो समय नेपालमा निजगढ विमानस्थल निर्माणको क्रममा रहेको अवस्थामा ठूला विमानस्थल रहेका क्षेत्रलाई जोड्ने रेलमार्गहरु निर्माण गर्नुपर्ने आवश्यकता समेत देखिएको छ । काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, पूर्वपश्चिम रेलमार्ग, निजगढ लगायतलाई रेलमार्गबाट जोड्नको लागि आवश्यक अध्ययन गरी त्यसको लागि समेत पहल गर्नुपर्ने आवश्यकता छ । यसबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव छ ।

नेपालमा आर्थिक विकासको लागि राज्यले दिगो विकास नीति बमोजिम हवाई पूर्वाधार विकासको लागि विशेष महत्वको साथ काम अघी बढाएको छ । यस क्रममा अहिलेको सरकार एवं पूर्व मन्त्री रविन्द्र अधिकारीको भूमिका निकै प्रभावकारी रहेको छ ।
नेपालमा पर्यटन प्रवद्र्धनको लागि निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, पहिले बनेका हवाइमैदानहरुको क्षमता विस्तार र नेपालका पर्यटकीय क्षेत्रहरुको राम्रो तवरले बजारीकरण गर्ने हो भने नेपालमा आउने पर्यटकहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि गर्न सकिन्छ । यसो हुनसके सन् २०२० मा २० लाख पर्यटक नेपालमा ल्याउने काम कुनै गाह्रो होइन । यसैगरी अबका दिनलाई लक्षित गरेर अझ बढी मात्रामा पर्यटक नेपालमा ल्याउनको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्न आवश्यक छ ।

क्षमता विस्तार र जनशक्ति
विकास भनेका समष्टिगत उपलब्धिको परिणाम हो । एउटा क्षेत्र मात्रै माथि पुगेर विकास हुँदैन । पर्यटन क्षेत्रलाई माथि पुर्याउनको लागि सबैभन्दा पहिले पूर्वाधार नै निकै महत्वपूर्ण छ । सन् १९५१ देखि अहिले सम्मको तथ्याङ्कलाई विष्लेषण गरी हेर्दा करिब ७५ प्रतिशत विदेशीहरु नेपालमा हवाई माध्यमबाट नै आउने गरेका छन् । केवल २५ प्रतिशत मात्र सडकमार्गबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । यस्तो अवस्थामा नेपालमा पर्यटनको प्रवद्र्धनको लागि हवाई क्षेत्र निकैनै महत्वपूर्ण क्षेत्रको रुपमा रहँदै आएको र आगामी दिनमा हवाई क्षेत्रको भूमिका अझ महत्वपूर्ण रहेको कुरालाई लक्षित गर्दै आधुनिक विकसित प्रविधिलाई आत्मसात् गर्दै हाम्रा विकासका गतिविधिहरु अघी बढाउनु जरुरी रहन्छ ।
नेपालमा भएका निजी हवाइ कम्पनीहरुले पनि अहिले विदेशमा सेवा विस्तार गरिरहेका छन् । बुद्ध एयरले कलकत्ता र बनारसमा सेवा प्रदान गरिरहेको छ । हिमालयन एयरलायन्सले आवुदावी र ढाका लगायतमा सेवा विस्तार गरेको छ भने चीनमा समेत विस्तार हुँदैछ । नेपाल एयरलायन्सले अहिले ८ ओटा अन्तर्राष्ट्रिय शहरहरुमा सेवा दिइरहेको छ । जुन विगतमा १२ ठाउँमा रहेकोबाट घटेको हो । साथै नेपालमा राज्यले निजी क्षेत्रलाई हवाई क्षेत्रमा लगानी विस्तारको लागि बाटो खोलिदिएपछि अहिले सम्म आइपुग्दा २० ओटा हवाई कम्पनीहरु टिक्न नसकेर बन्द भए । कतिपय कुराहरु राज्यको एकद्वार नीतिको अभावको कारणले गर्दा पनि यस्तो अवस्था आएको हो । यसकारण नेपाल सरकारले समेत यसका सबै पक्षलाई राम्रो तवरले अध्ययन गरेर सोही बमोजिमका नीतिगत व्यवस्था गर्नुपर्ने जरुरी छ ।
साथै नेपाली उद्योगीहरुका आफ्ना केही कमजोरीहरु (सानो पुँजीमा जहाज कम्पनी खोल्नु, व्यवस्थापन क्षमताको विकास गर्न नसक्नु लगायत)को कारणले गर्दा समेत यो अवस्था आएको कुरामा सम्बन्धित उद्योगीहरुले पनि सोच्नुपर्छ । यस्तो अवस्था आउनुमा अहिले सम्म नेपाली लगानीकर्ताहरु बजारको अवस्थालाई नबुझिकन पहिले उद्योग स्थापना गर्ने प्रचलन पनि एक हो । यस्तो अवस्थाले सधैं सकारात्मक परिणाम आउन नसक्ने तर्फ सम्बन्धित उद्योगीहरु पनि पहिले नै सचेत बन्नु जरुरी छ ।

 

सहज हवाई नीति नेपालमा सन् १९९२ पछि शुरुवात भएको हो । राज्यको यस्तो नीति सँगै नेपालमा थुप्रै निजी कम्पनीहरु स्थापना भए । नेकोन एयर, एभरेष्ट एयर, नेपाल एयरवेज लगायत स्थापना भएसँगै नेपालमा विदेशबाट ठूलो सङ्ख्यामा विदेश पर्यटकहरु त्यसबेला चर्चामा रहेका ठाउँहरुमा भ्रमणको लागि आउने प्रचलन विकास भयो । साथै नेपालमा पहिले चर्चामा नआएका क्षेत्रहरु समेत छोटो अवधिमा नै पर्यटकीय केन्द्रको रुपमा विकास हुन थाले । साथै विदेश भ्रमणमा जाने नेपालीहरुको सङ्ख्या समेत वृद्धि भयो । नेपालको बदलिँदो परिस्थिति बमोजिम नेपालमा पर्यटन तथा हवाई क्षेत्रले पनि प्रयाप्त फड्को मार्दै गयो । यसैको परिणाम स्वरुप भन्न सकिन्छ कि सन् १९८० देखि १९९० को अवधिमा नेपाल वायु सेवा निगमले नेपालका ३८ ओटा स्थानमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको थियो । त्यतिबेला नेपाल वायु सेवा निगमका साना–ठूला गरी १९ ओटा जहाजहरु थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: