वाणिज्य बैंक र ग्रामीण उद्यम विप्रेषण आयोजना बीच सहकार्य हुने


राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ूसमृद्धि ू बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा वैदेशिक रोजगारमा गएका परिवार तथा वैदेशिक रोजगारबाट फर्केका कृषि कार्य गर्न चाहने उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात् वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण उत्पादनशिल क्षेत्रमा लगानी भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताउनुभयो । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताउनुभयो । ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले आयोजनाकोे सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा आयोजनाकोे पनि नैतिक दायित्व रहने बताउनुभयो । उहांले आयोजनाले हाल मोरङ्ग, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा जिल्लामा कार्य गरिरहेको बताउनुभयो ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, आयोजनाका ग्रामीण बित्त विशेषज्ञ सन्तोष अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: