हास्य व्यंग्य सिरियल चलखेल शुक्रबारबाट प्रशाणमा।


रबिन तामाङको कथा तथा निर्देशन र सानु घायलको निर्माण नियन्त्रक मा बनेको हास्य व्यंग्य सिरियल चलखेल प्रशाणमा आएको छ । सिरियल प्रत्येक शुक्रबार साझ 8 बजे Jesica Entertainment Youtube Channel बाट आउन थालेको छ ।

यसमा कलाकारहरू बिनय रिमाल, जनम राई, आयुष बुढाथोकी, साजन तामाङ, रुक्मिना राना मगर, सन्तोष पाण्डे, सिवानी शर्मा, बुद्धि राना, दिपेश सेढाई, शान्ति सिलुवाल, सानू घायल, रबिन तामाङ, रितु तामाङ रहेका छन्  ।कलाकारहरु सबै नया भएता पनि पुराना कलाकार जसरी प्रस्तुत भएका छन् ।

यस सिरियल मा हरेक कुरा को चलखेल देखाउने प्रयास गरिएको छ । समाज को यथार्थ घटना लाई समेटेर मनोरञ्जन को रुपमा प्रस्तुत गरिएको छ । यस सिरियल ले मनोरञ्जन मात्र नदिइ चेतना पनि दिएको छ।समाज मा मान्छे ले मान्छे लाई कसरी चलखेल गरेर भए नभएका कुरा लगार कसरी मान्छे उचाल पछार गर्छन् भनेर देखाइएको छ।

 

 

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: