आबा ङाछाको ब्यानर युरोपको अग्लो हिमालमा फरफरायो ।


सगरमाथा आरोही शर्मिला स्याङतान तामाङ युरोपको सबै भन्दा अग्लो पहाड माउन्ट एलब्रस आरोहण गर्न सफल भएको छ भने उहाले तामाङ भाषाको टेलि सिरियल आबा ङाछाको ब्यानर युरोपको पहाड माउन्ट एलब्रसमा फरफराउन सफल भएको छ । आबा ङाछा सिरियल जयन कुमार मोक्तानको लेखन निर्देशनमा बनेको हो भने यसै सिरियललाई सबिता लामाले निर्माण गरेको हो । सिरियलले सफतापुर्वक ३२ औ भाग डिस होमको रमाइलो एचडी बाट प्रशारण गरेको छ ।

तामाङ सस्कार, सस्कृती र परम्परामा आधारित सिरियल आबा ङाछा लाई गोर्खा लामा घिसिङ र विशाल मोक्तानले ब्यबस्थापनको जिम्मा लिएको छ । क्रीयटिभ टिममा भने फुलमान स्याङतान, शंखु बम्जन र सुरेन्द्र तामाङ रहेको छ । यस सिरियलमा जयन कुमार मोक्तान, फुलमान स्याङतान, गोर्खा लामा घिसिङ आले, उदास लामा, सन्तोष लामा, शंखु बम्जन, सुस्मिता तामाङ, कबिता दोङ, मिना दोङ, सुरेन्द्र तामाङ, विशाल मोक्तान, कमल कुमाल, सन्देश थिङ, सुनमाया दोङ र धुर्व सिं तामाङ छिरिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: