मातृ भाषालाई मिडियामा स्थान दिनुपर्छ अनि मात्र भाषा जगेर्ना गर्न सक्छाै :- सन्तमान तामाङ


फाेनिज नुवाकोटले २० अाै स्थापना दिवस पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटकाे हल विदुरमा साेमबार अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । फाेनिज नुवाकोटकाे अायाेजनामा मनाएको दिवसमा प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोट संयाेजक सन्तमान तामाङ रहनु भएको थियोे ।

                    नेपालमा विभिन्न संस्कृति भएको वर्णहरुकाे बसाेबास रहेको छ । जसमा अा-अाफ्नाे  मातृ भाषाहरु रहेका छन् तर पछिल्लो समयमा अाफ्नाे समुदायको वास्तविक भाषा लाेप हुँदै गैराखेकाे छ । यसलाई संरक्षण गर्नकाे लागि मिडियाले  यि भाषाहरुलाई स्थान दिए भने मात्र नेपालका जतिपनि समुदायको भाषाहरु छन् त्याे संरक्षण हुन सक्ने कुरा कार्यक्रम सम्बाेधनका क्रममा प्रमुख अतिथि तामाङले बताउनु भएको छ ।                                     कतिपय समुदायमा नेपाली र अंग्रेजी भाषा बाहेक अाफ्नाे समुदायको वास्तविक भाषानै थाहा नभएको र बाेल्न नजान्ने भएको कारण पछिल्लो पुस्ता सम्म अाफ्नाे भाषा बचाई राख्न पत्रकार साथीहरूले मिडियामा त्यही अनुसारको स्थान दिन जरुरी रहेको कुरा पनि तामाङले उल्लेख गर्नुभएको थियाे ।<img src="http://www.setoghar.com/wp-content/uploads/2019/08/PicsArt_08-12-01.11.34.jpg" alt="" width="2048" height="1536" class="alignnone size-full wp-image-55381" />
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: