इङल्याण्डको टी-२० लिगमा बबर आजमको ५५ बलमा शतक

इङल्याण्डको टी-२० लिगमा बबर आजमको ५५ बलमा शतक


  • सेतो घर
  • शनिबार, साउन २५, २०७६
  • 404
    SHARES

पाकिस्तानी ब्याट्सम्यान बबर आजमले इङल्याण्डमा जारी भिटालीटी ब्लाष्ट टी-२० लिगमा शतकीय पारी खेलेका छन् ।

आजमले समरसेटबाट खेल्दै ५५ बलमा अविजित १०२ रन बनाएका छन् । ५५ बलमा आजमले ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।

बबरले आफ्नो दोस्रो अर्धशतक केबल २३ बलमा पुरा गरेका थिए । ह्याम्पशायरविरुद्धको सो खेलमा समरसेटले ४ विकेट गुमाउदै २०२ रन बनाएको थियो ।

२०३ रन्को लक्ष्य पछाएको ह्याम्पशायरले भने १२.१ ओभरमा ६ विकेट गुमाउदै जम्मा ६९ रन बनाउदा खेल बर्षाले रोकिएको थियो । खेल समरसेटले डकवर्थ लुइस नियम अनुसार ६३ रनले जित्यो ।

आजमले यसै सिजनमा समरसेटका लागि यस अघि ९५, ८३, ५६ र ४३ रनको पारी खेलेका छन् । पाकिस्तानका लागि टी-२० क्रिकेटमा अहिलेसम्म शतक प्रहार नगरेका आजमले अन्य टी-२० लिगमा प्रहार गरेको यो दोस्रो टी-२० शतक हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology