कोरीयामा सफल व्यवसायीका रुपमा परिचित- भक्त बहादुर गुरूङ


कोरीयामा लामो  समय देखी  विभिन्न  ब्यावसायिक तथा सामाजिक क्षेत्रमा संलग्न  रहदै  आएका ब्यक्ति हुन भक्त बहादुर गुरूङ (सोनाम) l    सरल स्वभाव र सहयोगी भावनाका कारण उनी कोरीयामा सबैका प्रिय छन् । 

सन् २००७  मा करिया पुगेका  पोखरा धुमपुस् घर भएका  भक्त बहादुर गुरूङ सन् २०१०  मा कोरीयामा पुजा थकाली नाम गरेको रेष्टुरेन्ट व्यवसाय सुरु गरे । अहिले उनले जे जति सफलता प्राप्त गरेका छन् त्यसको पछाडीको कारण त्यही रेष्टुरेन्ट हो ।  कोरीयामा विगत केही  बर्ष देखी  रेष्टुरेन्ट व्यवसाय सन्चालन  गर्दै आएका भक्त बहादुर गुरूङ  कोरीयामा आऊने  नेपालीहरूलाई  टिपिकल नेपाली खानाको परिकार सहितको सेवा दिदै आइरहेका छन । रेस्टुरेन्ट व्यवसायमा प्रवेश गरेका गुरूङ  नेपालीमाझ एक सफल व्यवसायीकारूपमा परिचित छन्।

विभिन्न  देशहरु  जस्तै:- फ्रान्स, जर्मन  हुँदै  बिगत लामों समय देखी कोरीयालाई आफ्नो  कर्म  भुमी  बनाइ  रहेका   भक्त बहादुर गुरूङ (सोनाम) ले  नेपालमा  कोरीयाली  गैर  सरकारी  संस्थाको  सहयोगमा  नेपालका  विकट क्षेत्रहरुको  विकासमा लागि  विभिन्न नयाँ  अबधारणा  सहित  विभिन्न गतिबिधिहरु  समेत निरन्तर अघी  बढाइरहेका छन l 

राजनिति भन्दा सामाजिक कार्यलाई मान्यता दिने भक्त बहादुर गुरूङको पहलमा देशमा हुने प्राकृतिक प्रकोप ,बिपतीहरूमा उनको अगुहाइमा राहत बितरण जस्ता  समाजसेवाका कार्यक्रमहरू समेत भएका छन 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: