नोबेल पुरस्कार विजेता लेखिका टोनी मोरिसनको देहान्त


नोबेल पुरस्कार विजेता लेखिका टोनी मोरिसनको मंगलबार निधन भएको छ । अमेरिकामा प्रभावशाली अश्वेत महिलाको परिचय कमाएकी मोरिसन साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् ।

पारिवारिक स्रोतका अनुसार छोटो समयका लागि बिरामी परेकी मोरिसनको मंगलबार निधन भएको हो । उनी ८८ वर्षकी थिइन् ।

परिवारद्वारा जारी विज्ञप्तिमा ‘एक असल आमा, हजुरआमा तथा काकीले आफ्नो परिवार तथा साथीहरूको माझमा शान्तिपूर्ण रूपमा देहत्याग गरेकी’ जनाइएको छ । परिवारले विज्ञप्तिमार्फत ‘मरिसनलाई चिन्ने र माया गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको’ छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: