नेपाल विद्यार्थी संघको भाबी अध्यक्षमा – पुष्प कुमार शाहि


नेपाल बिद्यार्थी संघको माध्यामिक, क्याम्पस ,जिल्ला र बिश्वविद्यालय तह हुर्दै केन्द्रीय समितिमा २०६४ सालको नेबिसंघको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्बाचित नेपाल बिद्यार्थी सघंका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाहि बिद्यार्थी माझ सालिन र तर्कसिल नेताका रुपमा चिनिनुहुन्छ ।

२०५१ सालबाट विद्यार्थी राजनितिमा सक्रिय शाहि नेपाल विधाथी संघको केन्द्रीय राजनितिमा निरन्तर संगठनको आदर्श राष्ट्रिता,लोकतन्त्र,समाजबाद र विद्यार्थी एकतालाई आत्मसात गर्दै संगठन बिस्तार गर्ने,शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि विभिन्न शैक्षिक आन्दोलनमा आफुलाई सक्रिय बनाएका शाहि २०५९ साल असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेर बहादुर देउबालाई अपदस्त गरि सकेपछी त्यस्को बिरोध गर्दा राजद्रोहको मुद्दा समेत खेपेर पटक-पटक ६ महिना जेल जीवन पनि बिताएका छ्न।

२०७३ सालको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नै समूहबाट २ जना बिद्रोही उठ्दा पनि सहजै निर्बाचित हुनुभएका शाही ईमानदार ,योग्य र कुशल संगठन कर्ता हुन् । विद्यार्थी राजनितिमा अलग्गै छवि बनाएका शाही विद्यार्थीको माझमा लोकप्रिय मानिन्छन् भने आगामी महाधिवेशनमा अध्यक्षको दौडमा रहेको छन ।

उपाध्यक्ष शाहीले शिक्षा तर्फ स्नातकोत्तर तहमा राजनीति शास्त्रमा प्रथम श्रेणी ल्याइ नेपाल ल क्याम्पसबाट एल एल बी पनि समेत गरेका छ्न।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: