नेपाली लोक गीत संगीतका सर्जक नारायण रायमाझीको मौलिक तीज गीत ‘हे मेरी आमा ‘ सार्वजनिक (भिडियो सहित)


आगामी हरितालिका तीज लछित गरेर महिलाका वेदना र माईतीको सम्झनालाई समेटेर नेपाली लोक गीत संगीतका सर्जक गायक तथा निर्देशक नारायण रायमाझीको मौलिक  तीज गीत     ‘हे मेरी आमा ‘ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा   देवी घर्तीले  स्वर भरेका छन् । गीतको शब्द  रचना रमेश बिजीले गरेका हुन् ।  लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । एरेन्ज बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् ।

 

परिकल्पना/निर्देशन नारायण रायमाझीको नै रहेको छ भने  अन्य कलाकारहरुमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश के.सी. मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना के.सी., सन्देश रायमाझी रहेका छन् ।

नेपाली लोक गीत संगीतका  सर्जक    नारायण रायमाझीले यसअघि पनि धेरै नेपाली   मौलिक लोक गीतहरु सार्वजनिक गरिसकेका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: