अब हुने सातौं एनआरएनए कोरियाको अध्यक्षमा फेरि पनि आपनो उम्मेदवारी रहने – लक्ष्मी लामा गुरुङ


कबु केसि- काठमान्डौ साउन १७ मनाङ जस्तो विकट दुर्गम जिल्लामा जन्मेर हाल दक्षिण कोरियामा एनआरएनको अध्यक्ष जस्तो पदमा रहेकी लक्ष्मी लामा गुरुङले आफूलाई सामाजिक कार्यहरूमा आफूलाई अब्बल बनाउँदै लगेकी छिन्।

नेपालको १२औं गणतन्त्र दिवसको अवसरमा ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित लक्ष्मी लामा गुरुङ  देशमा हुने प्राकृतिक प्रकोप ,बिपतीहरूमा उनको अगुहाइमा राहत बितरण ,समाजसेवाका कार्यक्रमहरू समेत भएका छन पर्सा र बारामा आएको हावा र हुरि पीडिलाई रु पाच लाख सत्तरी हजार रकम र अन्य राहात सामान बितरण गरेकी थिइन् ।

 

बैदेशिक रोजगारीको लागी बिदेश जाने बिभिन्न देशहरू मध्ये नेपालीहरूको कोरीया  मोह दिन प्रतिदिन बड्दो छ l  कोरीयामा रहेका ४३ हजारको नेपालीहरूका समस्या समाधान,देखि सुख दूखमा साथ दिदै कोरियमा रहेका आप्रबासिहरुलाइ भाषा तथा सिपको प्रशिक्षण कार्यक्रम सञ्चालन गदै आएकी छिन् । अहिले कोरियामा आफ्नो ब्यवसाय संग संगै बिभिन्न संघ संस्थाहरुसंग आबद्ध भएर सामाजिक क्षेत्रमा उनी सदा अग्रसर रहेकी छिन्। हालै मात्र जापानमा  सम्पन्न visit nepal 2020 festival  कार्यक्रममा बोल्दै उनले नेपालमा लगानी भित्र्याउँने कार्यमा बिभिन्न व्यबस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउने क्रमलाई निरन्तरता दिदै बिशेष योजना बनाएको कुरा लक्ष्मी लामा गुरुङ बताउछिन्।

 

छैठो कार्यकालमा कामहरु पूरा हुन नसकेको र ती सबै पूरा गर्नकै  लागि भएपनी अब हुने सातौं अबिधेसनमा नयाँ कार्ययोजनाका साथ फेरि पनि आपनो उम्मेदवारी रहने बताईन् । त्यस्तै खोटाङ जिल्ला घर भई बिगत २६ बर्ष  देखि कोरिया बसाई भई हाल सस्थाको उपअध्यक्ष रहेका अमृत राईले भने  बरिस्ठ उप अध्यक्षमा   आपनो उम्मेदवारी रहने घोषणा गरेका छन l 

 

बिदेशमा बसे पनि नेपालको माया मुटुभरी राखेर स्वदेशको सम्बृद्धिमा हैँसे गर्न आफू सधैं तयार रहेको कुरा बताउछिन् लक्ष्मी लामा गुरुङ। ब्यक्तिगत रुपमा पनि नेपालमा उनले सानोतिनो उद्योगको संचालन गर्ने योजना बनाएकी छिन्। दक्षिण कोरियामा रहेका ४३ हजार नेपालीहरुको नेतृत्व गर्दै आएकी  लक्ष्मी लामा गुरुङलाई भविष्यमा पनि सफलता मिलोस भन्दै हार्दिक शुभकामना व्यक्त गरौँ। बिदेशमा बस्ने हामी ५० लाख नेपालीलाई लक्ष्मी लामा गुरुङ जस्ता व्यक्तित्वको आबश्यकता छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: