विप्लव नेतृत्वकी काठमाण्डौ इन्चार्ज पक्राउ


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी काठमाडौं जिल्ला इञ्चार्ज पक्राउ परेकी छन्।

प्रहरीले बूढानिलकण्ठबाट काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको उच्च प्रहरी स्रोतले जनाएको छ।

विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा मंगलबार अपराह्न उपाध्यायलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले बतायो।

प्रहरीले आधिकारिक रूपमा उपाध्याय पक्राउ परेको जानकारी भने दिएको छैन।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: