३३ किलो सुन सम्बन्धमा सर्वोच्चमा बहस सकियो


त्रिभुवन विमानस्थल हुँदै भित्रिएर गायब बनाइएको ३३ किलो सुन सहित ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरको आदेश चित्त नबुझेको भन्दै सर्वोच्चमा दायर रिटमाथिको बहस सकिएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासमा सोमवार भएको सुनुवाइमा दुवैतर्फका कानून व्यवसायीहरूका तर्फबाट बहस सम्पन्न भएको हो ।

उच्च अदालतको थुनछेकसम्बन्धी आदेश चित्त नबुझेको भन्दै डीएसपी सञ्जयबहादुर राउत सहित महावीरप्रसाद गोल्यान, अमरमान डंगोल, लाक्पा शेर्पा लगायत सर्वोच्च पुगेका थिए ।

३ हप्ताभन्दा लामो समयदेखि जारी बहस सकिएकाले म‌ंगलवार नै आदेश आउने सम्भावना रहेको सर्वोच्च स्रोतले जानकारी दियो ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका विषयमा गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले गरेको अनुसन्धानका आधारमा फरार ३० र पक्राउ परेका ३३ गरी ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: