गुणस्तरीय पर्यटन भित्र्याउने पहलमा कान्तिपुर हाेलिडे डट कम


हेमराज भट्ट, महाप्रबन्धक, कान्तिपुर होलिडेज प्रा.लि

 

नेपालमा पर्यटन क्षेत्रको सम्भावना 
देशको लागि आर्थिक क्षेत्रमा योगदान दिने ठूलो र एक महत्वपूर्ण क्षेत्र हो पर्यटन । यस क्षेत्रले मुलुकको विकासमा ठूलो योगदान दिने गर्छ । नेपालमा पर्यटन क्षेत्रको सम्भावना समेत निकै नै राम्रो छ । यद्यपि अहिले सम्म नेपालमा पर्यटन शुल्क महँगो हुनु, हवाइ शुल्क महँगो हुनु, राज्यले नेपालमा आएक पर्यटकलाई राम्रो तवरले सुरक्षाको अनुभुति दिलाउन नसक्नु र नेपालमा रहँदा उनीहरुलाई राम्रो सेवा प्रवाह गर्न नसक्नु लगायतका कारण अहिले नेपालमा तुलनात्मक रुपमा निकै धेरै पर्यटकहरु भित्रिएको अवस्था छ । साथै अन्य पूर्वाधार निर्माणमा पनि हामीले ध्यान दिनु जरुरी छ । नेपालमा पर्यटन क्षेत्रमा सम्भावना राम्रो छ ।

घुमफिरमा बढ्दो आकर्षण 
हाल कान्तिपुर होलिडेज स्वदेशी पर्यटन प्रवद्र्धनमा केन्द्रित छ । पछिल्ला बर्षहरुमा नेपालीहरुमा समेत घुमफिरको लागि छोटो तथा लामो दूरीमा जाने चाहना बढेको छ । यद्यपि तुलनात्मक रुपमा यातायात तथा अन्य सेवा प्रयोग बापत शुल्क महँगो भएको हुँदा सबै मानिसहरु यसबाट लाभान्वित भने हुन सकेका छैनन् । विगतमा टुर निकै कम मानिसहरुको आकर्षण रहेपनि अहिले आकर्षण बढ्नु राम्रो हो । यसलाई आर्थिक उपार्जनमा भएको वृद्धि र शोखमा आएको परिवर्तनको रुपमा समेत हेर्न सकिन्छ । साथै हाल सामुहिक रुपमा टुर जाने प्रचलन बढेको हुँदा यसबाट प्रतिव्यक्ति लागत समेत घटेको छ । जसले गर्दा अहिले पछ्रिल्लो ४÷५ बर्षमा नेपालको आन्तरिक पर्यटन समेत निकै नै फस्टाएको छ । नेपालीहरुमा बाहिर मात्र होइन, नेपालमा पनि घुम्नुपर्छ भन्ने मान्यता समेत विकास भएको छ ।

घुमफिरमा जाने पर्यटकको सूक्ष्म अध्ययन गर्दा जे देखियाे
अहिले नेपालबाट विदेशी मुलुकहरुमा जाने ग्राहकहरुलाई आफूहरुले ४ किसिमले घुमफिरमा निस्कने गरेको भट्ट बताउँछन् ।

एकथरी पर्यटक आफ्ना छिमेकी घुमफिरको विदेश वा अन्य कहीँ गएको कारण आफू पनि घुमफिरमा जानुपर्छ भन्ने मान्यतामा रहेको पाइन्छ । उनीहरु सस्तो टिकटमा घुम्न चाहन्छन् । उनीहरुलाई त्यहाँ पुगेर के हेर्ने भन्ने नै थाहा हुँदैन । आफूले चाहेको ठाऊँमा पुगेर फोटो खिचेर सामाजिक सञ्जालमा शेयर गरे पुग्छ ।

दोस्रो किसिमका पर्यटकहरु विभिन्न देशहरुमा घुमफिरको लागि जाने र पासपोर्टमा धेरै देशमा घुमफिर गरेको प्रोफाइल बनाई युरोप, अमेरिका लगायतमा माइग्रेसनको लागि प्रयाश गर्ने गरेको पनि पाइन्छ । दर्जर्नाैं देशमा घुमफिर गर्ने हो भने सहजै राम्रा देशहरुमा भिषा पाइन्छ भन्ने मान्यता ऊहाँहरुमा छ । यसलाई राम्रो प्रवृत्ति मान्न मिल्दैन । नेपालबाट घुमफिरको लागि नै दशौंं देशमा घुमफिर गर्दा बित्ने बर्षौंको समय र १० औं लाख रकम खर्च हुने अवस्था समेत रहन्छ । जुन केवल नोक्सानी मात्रै हो । कतिपय अवस्थामा नेपाली राजनेताहरुले समेत चुनावमा भोट हाल्ने क्रममा विदेश पठाइदिने सर्त समेत राख्ने गर्छन् । यसले मुलुकबाट बौद्धिक जनशक्ति बाहिर पठाउन समेत ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।


तेस्रो किसिमका पर्यटकहरु घुम्नको लागि राम्रै ठाऊँमा त्यहाँको वस्तुस्थिति बारे पहिले नै बुझेर जाने किसिमका पर्यटकहरु छन् । चौथो किसिमका पर्यटकहरु विभिन्न कर्पोरेट कम्पनीहरुले आफ्ना कर्मचारीलाई निश्चित तार्गेट दिएर राम्रोसँग तार्गेट पूरा गर्नेलाई विदेश घुमाउने प्रचलन छ । यस किसिमको व्यवस्थालाई नेपालमा राज्यले कम गर्ने प्रयाश गरिरहेको छ । यद्यपि राज्यले चाहँदैमा यस किसिमको प्रवृत्ति रोक्न सकिन्छ वा सकिँदैन भन्नेमा भने ध्यान दिएको पाईंदैन । यसरी राज्यले बाध्यात्मक तवरले रोक्न चाहँदा त्यस सँग सम्बन्धित अन्य पक्षहरुमा कस्तो प्रभाव पर्छ भन्ने सम्बन्धमा भने ध्यान दिएको पाईंदैन ।

सरकारको नजर यता पनि जाओस् 
ट्राभल क्षेत्रमा सरकारले केही कुराहरुमा अलि कडाई गर्नुपर्ने अवस्था पनि छ । कतिपय ट्राभल एजेन्सीले एउटा कोठा भाडामा लिएर सामान्य सजावट गरेर विभिन्न किसिमले मानिसहरु ठग्ने काम गरेको समेत पाईन्छ । सस्तोमा सेवा दिन्छु भनेर पैसा लिएर राम्रो सुविधा नदिएको र गलत प्रवृत्तिमा लगाएको अवस्था पनि छ । बाह्य मुलुकमा ट्राभल कम्पनी सञ्चालन गर्ने क्रममा विभिन्न सर्तहरु पूरा गर्नुपर्ने अवस्था छ । साथै नेपालका साना ट्राभल कम्पनीहरुले बिना भ्याट काम गरिरहेका छन् ।

आइटिको प्रयोगमा कान्तिपुरको जोड 
पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको खोज र अनुसन्धानले मानिसको जनजीवनमा व्यापक परिवर्तन ल्याइदिएको छ । त्यस मध्ये एक हो सूचना प्रविधि । अहिले सूचना प्रविधिको प्रयोग हरेक क्षेत्रमा बढ्दो छ । सोही मान्यता बमोजिम नेपालमा सञ्चालनमा रहेका अन्य ट्राभल कम्पनीहरुले आफ्नो व्यवसाय विस्तारमा आइटिको प्रयोग निकै कम गरिरहेको अवस्थामा नै भावी बजारलाई लक्षित गरेर आइटीको प्रयोगलाई बढाएको यस कम्पनीको व्यवसाय विस्तार हुनुमा सामाजिक सञ्जालहरुबाट गरिएको विज्ञापन एवं सूचना प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हाल यस कम्पनीले ग्राहक सेवालाई विशेष स्थान दिँदै आएको छ । कम्पनीले ग्राहकहरुलाई रिलिज कार्ड समेत उपलब्ध गराउँदै आएको छ । उक्त कार्डको प्रयोग लगेर विभिन्न होटल, अस्पताल लगायतबाट छुट पाउन सकिने सुविधा कम्पनीले उपलब्ध गराएको छ । ग्राहकहरुलाई स्पा, होल वडी चेकअप लगायतका सुविधाहरु निःशुल्क रुपमा समेत उपलब्ध गराउँदै अएको छ । यसले गर्दा एकातिर स्वास्थ्य सम्बन्धी मानिसहरुमा सचेतना जागरण भएको छ भने यसबाट व्यवसाय विस्तारमा पनि राम्रो सहयोग पुगेको छ ।

बजारीकरण 
कान्तिपुर होलिडेज शुरुका दिनमा नेपाल भन्दा बाहिरका ग्राहकहरुलाई लक्षित गरेर शुरुवात भएको हो । यद्यपि अहिलेको अवस्थामा आइपुग्दा भने विभिन्न स्वदेशी ग्राहकहरुलाई पनि सेवा दिइरहेको छ ।

प्रडक्ट एवं संलग्न कम्पनीहरु 
हाल यस ग्रुप अन्तरगत एवा नेपाल र कान्तिपुर होलिडेज गरी २ कम्पनीहरु सञ्चालनमा छन् । एवा नेपाल पहिले देखि नै राम्रो तवरले सञ्चालन हुँदै आएको छ । यस कम्पनीले टुर्स एवं टिकटिङ सम्बन्धी मात्र काम गर्छ । कान्तिपुर होलिडेजबाट होलिडेज सेवाहरु उपलब्ध हुँदै आएको छ । अबका दिनमा यस कम्पनीले टिकटिङलाई लक्षित गरेर आइओएस र एण्ड्रोइडमा चल्ने मोबाइल एप्स समेत सञ्चालन गर्न लागेको छ । आइटि प्रडक्टलाई भने यस कम्पनीले अहिले सम्म राम्रो सँग मार्केटिङ गरिसकेको छैन ।

अन्त्यमा,
पछिल्लो समय नेपालमा बाह्य मात्र नभई आन्तरिक पर्यटकलाई विशेष जोड दिनु आवश्यक छ । नेपालमा आएका पर्यटकलाई कम लागतमा स्तरीय सेवा दिनसके विदेशी पर्यटकको नेपाल प्रतिको विश्वास बढाउन सकिन्छ । यस क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा आवश्यक छ ।

 

काे हुन् भट्ट ?

दार्चूला जिल्लामा जन्मेर सानै उमेरमा महेन्द्रनगर प्रवेश गरेका हेमराज भट्ट एसएलसी पश्चात् आइएस्सी तह अध्ययन गर्न काठमाडौं प्रवेश गरेका हुन् । त्यस पश्चात् विविएस, एमबिएस र एमएस्सी काठमाडौंबाट नै पूरा गरेका उनले एमएस्सीआइटि विधाको अध्ययन गरे । १ बर्षे कम्प्युटर तहको अध्ययन गरेका उनले सूचना प्रविधिमा आधारित एमएस्सीआइटी समेत अध्ययन गरे । विश्वव्यापी रुपमा सूचना प्रविधि फस्टाइरहेको र नेपालमा पनि आइटि क्षेत्रको सम्भावना राम्रो रहेको अवस्थामा नेपालमा पनि यस क्षेत्रमा रहेर प्रशस्तै काम गर्न सकिन्छ भन्ने आत्मबल अध्ययन पूरा भइसक्दा पलाइसकेको थियो । सोही मान्यता बमोजिम आइटीमा आधारित एवा नेपाल नामक ट्राभल कम्पनीमा जागिरेको रुपमा जोडिन पुगेका भट्ट हाल सोही समूहबाट सञ्चालित कान्तिपुर होलिडेजमा महाप्रबन्धकको भूमिकामा रही काम गर्दै आएका छन् ।
एवा नेपाल (जुन नेपालको पहिलो पटक अनलाइन टिकटिङ सिष्टम शुरु गरेको कम्पनी हो) लाई माथि उठाउन निकै महत्वपूर्ण भूमिका खेले । आफ्नो विशेष क्षमताकै कारण हाल महाप्रबन्धक समेत बन्न सफल भट्टले आफ्नो व्यवस्थापनमा सञ्चालित कम्पनीलाई अन्य ट्राभल एजेन्सी भन्दा फरक र तुलनात्मक रुपमा राम्रो मुनाफा सहित सञ्चालन गर्न सक्षम छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: