नेपालमा देखिएका विकासका समस्याहरु र समाधानका उपायहरु


विश्वमा विकसित मुलुकहरु सुशासन र विकासमा धेरै अगाडि बढिसकेका छन् । विकासको गतिमा अगाडि बढ्न खोजिरहेको हाम्रो जस्तो विकासोन्मुख मुलुकमा विकासमा देखिएका समस्याहरुको समाधान गर्दै अगाडि बढाउनु जरुरी छ ।

कृष्ण प्रसाद सापकाेटा, महासचिव, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चुरल एण्ड इन्जिनियरिङ फर्मस्

नेपालमा देखिएका विकासका समस्याहरु

क. आर्थिक श्रोत व्यवस्थापन 

सरकारको आन्तरिक श्रोतबाट प्राप्त आम्दानी चालु खर्चमा नै सकिने हुँदा विकास निर्माण कार्यमा रकम अभाव हुने र विकास निर्माण कार्यको लागि वैदेशिक दातामा भर पर्नुपर्ने बाध्यता देखिएको छ । ADB, World Bank लगायत सम्पूर्ण साना–ठुला दाताहरुको काममा Donors Guideline अनुसार काम गर्नुपर्दा पुँजीगत खर्च गर्न समस्या परेको छ । कतिपय आयोजनाहरुमा दाताहरुबाट प्राप्त हुने प्राविधिक सहयोग पनि उचित क्षेत्रमा प्रयोग हुन सकिरहेको छैन । अहिले वर्तमान अवस्थामा विभिन्न क्षेत्रमा चलिरहेका योजनाहरुलाई यथेष्ट बजेट व्यवस्थापन गरेर आगामी ४ वर्ष भित्र सम्पन्न गर्नु पनि ठूलो चुनौतीको रुपमा रहेको छ ।

ख. आयोजनाहरुको तयारी

हाम्रो देशमा कुनै पनि नयाँ तथा ठुला आयोजनाहरुको तयारी र अध्ययन अगाडि बढाउँदा मुख्य समस्याको रुपमा जग्गा अधिकरण र पुर्नवास देखिएको छ । त्यस्तै वन क्षेत्रको कटानी गर्नुपर्ने ठाँउमा लामो प्रकृया अपनाउनुपर्ने हुँदा रुख कटानमा बढी समय लाग्दछ । ठुला आयोजनाहरु Procurement/Contract Document सम्बन्धी राम्रो अनुभव तथा ज्ञान हासिल भएका प्राविधिकहरुको पनि ठुलो खाँचो छ ।

ग. आयोजना सञ्चालनमा कार्यान्वयन निकायहरुमा समस्या

ठुला आयोजनाको सञ्चालन गर्ने निकायहरुले सुशासन दिन असक्षम देखिएका छन् । विदेशी निर्माण व्यवसायी तथा परामर्शदाता संस्थाले Contract Document को आधारमा विभिन्न बहानाहरु देखाएर काम समयमा सम्पन्न नगर्ने र अनावश्यक रकम दावी गर्ने समस्याको रुपमा रहेको छ । यसको उदाहरणको रुपमा चमेलिया जलविद्युत आयोजनालाई लिन सकिन्छ । ठुला आयोजनाहरुमा ढुवानी गर्ने सामानहरु विदेशबाट निर्यात गर्नुपर्ने र समुद्रसँग सिधा यातायात सुविधा नभएको कारणले गर्दा सामान ढुवानीमा लामो समय लाग्ने अर्को समस्याको रुपमा रहेको छ ।

हाम्रो देशमा कुनै पनि नयाँ तथा ठुला आयोजनाहरुको तयारी र अध्ययन अगाडि बढाउँदा मुख्य समस्याको रुपमा जग्गा अधिकरण र पुर्नवास देखिएको छ । त्यस्तै वन क्षेत्रको कटानी गर्नुपर्ने ठाँउमा लामो प्रकृया अपनाउनुपर्ने हुँदा रुख कटानमा बढी समय लाग्दछ । ठुला आयोजनाहरु Procurement/Contract Document सम्बन्धी राम्रो अनुभव तथा ज्ञान हासिल भएका प्राविधिकहरुको पनि ठुलो खाँचो छ ।

घ. निर्माण सामाग्री 

नेपालमा निर्माण सामाग्रीहरु यथेष्ट मात्रमा हुँदाहुँदै पनि River Bed Materials निर्माण सामाग्रीको रुपमा प्रयोग गर्ने परिपाटीले गर्दा समयमा उपलब्ध हुन नसकेको बहानामा निर्माण कामहरुमा ढिलासुस्ती हुने गरेको छ । अब नेपालमा भएका quarry sites बाट materials निकाल्ने र आयोजनाहरुमा प्रयोग गर्ने परिपाटीको विकास गर्नुपर्दछ ।

ङ. आयोजना सञ्चालनमा निर्माण व्यवसायीमा भएका समस्याहरु

निर्माणको खरिद प्रक्रियामा बिशेष गरेर ठुला आयोजनाहरुमा ठुला समस्या देखिएका छन् । निर्माणको ठुलो Package बनाउने, निर्माण व्ययवसायीहरुले मिलेर काम लिने र त्यसको केही हिस्सा विभिन्न व्यक्तिहरु र राजनीतिक दल, सरकारी र निर्माण व्यावसायीहरुको बिचमा भागवण्डा लगाउने परिपाटीको अन्त्य हुनु जरुरी रहेको छ । निर्माण व्यवासायीहरुले विभिन्न क्षेत्रमा नयाँ–नयाँ प्रविधिको अभावमा निर्माण कार्यलाई चुस्त गराउन नसकिरहेको विद्यमान अवस्था रहेको छ । निर्माण क्षेत्रमा विश्वमा प्राप्त नयाँ–नयाँ प्रविधिहरु अनुसार विकास निर्माणका कामहरु अगाडि बढाउनु जरुरी छ ।

विभिन्न समस्याहरुको बहानामा विभिन्न क्षेत्रमा बर्षौं देखि अलपत्र बनेका निर्माण सम्बन्धी आयोजनाहरु धेरै छन् । त्यस्ता आयोजनाहरुलाई निश्चित समय दिएर सक्ने वातावरण मिलाउनु र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्नुपर्ने जरुरी छ । निर्माण व्यावसायीले समयमा काम नसक्ने र ठेक्का सम्झौता समय अवधिको २-३ गुणा समय लगाउने परिपाटीको अन्त्य गर्न जरुरी छ ।
हाम्रो विद्यमान खरिद ऐन र नियमावलीको आधारमा खरिद प्रक्रिया अगाडि बढाउँदा हामीले नराम्रो काम गर्ने परिपाटी (Bad Construction Practice) लाई अगाडि बढाइरहेका छौं । Lowest Responsive Bidder लाई ठेक्का दिनुपर्ने प्रावधानले गर्दा गुणस्तरीय कामहरु हुन सकिरहेको छैन । अब GOOD Construction Practice शुरु गर्नुपर्दछ ।

विभिन्न समस्याहरुको बहानामा विभिन्न क्षेत्रमा बर्षौं देखि अलपत्र बनेका निर्माण सम्बन्धी आयोजनाहरु धेरै छन् । त्यस्ता आयोजनाहरुलाई निश्चित समय दिएर सक्ने वातावरण मिलाउनु र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्नुपर्ने जरुरी छ । निर्माण व्यावसायीले समयमा काम नसक्ने र ठेक्का सम्झौता समय अवधिको २-३ गुणा समय लगाउने परिपाटीको अन्त्य गर्न जरुरी छ ।

विकासमा देखिएका समस्याहरुको समाधानका उपायहरु

क. आयोजनाहरुको काम समयमा सम्पन्न गर्ने 

हाल चालु अवस्थामा रहेका आयोजनाहरुलाई विशेष प्राथमिकता दिएर आगामी ४ वर्ष भित्र सम्पन्न गर्नको लागि मन्त्री, सचिव, महानिर्देशक र आयोजना प्रमुखहरुले समन्वयकारी भुमिका खेल्नुपर्दछ ।

ख. विद्यमान परिवेशमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु र अन्य आयोजनाहरुमा खासै भिन्नता नभएकाले National Priority Projects को लागि विशेष व्यवस्था गर्नु जरुरी छ ।

ग. विभिन्न दाताहरुको सहयोग ः

दाताहरुबाट प्राप्त हुने सहयोग सरकारको प्राथमिकताका आयोजनाहरुमा खर्च गर्ने परिपाटी विकाश गर्नु जरुरी छ ।

घ. विभिन्न ऐन तथा नियमावलीमा सुधार 

विकास निर्माणको कामलाई तिब्रता दिनको लागि खरिद, वातावरण, जग्गा अधिकरण सम्बन्धी ऐन एवं नियमावलीहरुमा व्यापक सुधार गर्नु जरुरी छ । निर्माण खरिद सम्बन्धी नयाँ कानुनहरु (EPC, BOOT) को व्यवस्था गर्न जरुरी छ ।

ङ स्थानीय सरकारहरुको प्रशासनिक काम र प्राविधिक कामको जिम्मेवारी प्राविधिकहरुलाई दिन जरुरी छ । अब Administrative Leadership भन्दा पनि Technocratic Leadership को आधारमा विकासलाई अगाडि बढाउन जरुरी छ ।

च. अहिले देश संघियतामा गईसकेको परिस्थितिमा प्रादेशिक र स्थानीय दुबै तहमा प्राविधिक कार्यालयहरु राख्नुपर्दछ र एकीकृत रुपमा विकास निर्माण कार्यलाई अगाडि बढाउनुपर्दछ ।

विकासमा प्रत्यक्ष रुपमा संलग्न हुने Client, Consultant र Constructor तीनै पक्षमा धेरै समस्याहरु भएकोले तीनै पक्षहरु आफुलाई सुधारेर अगाडि बढ्नुपर्ने देखिछ । त्यसलाई कानुनी रुपमा बाँध्नको लागि खरिद ऐन नियमावली र Contract Documents मा व्यापक सुधार गर्न जरुरी छ । अहिले विद्यमान अवस्थामा यी तीनै पक्षलाई Monitoring गर्ने र समस्याहरुलाई व्यवस्थापन गर्नको लागि प्रत्येक मन्त्रालयमा एक उच्चस्तरीय Monitoring Unit तयार गरी Monitoring Unit लागु गर्न जरुरी छ । Good Construction Practice शुरु गर्ने गरी निर्माण खरीद सम्बन्धी ऐन नियमावलीहरुमा व्यापक सुधार जरुरी छ । निर्माण व्यावसायीको Professional Quality वृद्वि गर्न अब निर्माण कम्पनीहरु Engineer बाट व्यवस्थापन हुनु जरुरी छ ।
पूर्वाधार विकास नयाँ अवधारणाको रुपमा अगाडि बढाउनुपर्दछ । अहिले सम्म पूर्वाधार क्षेत्रमा सरकारले मात्र खर्च गरिरहेकोमा अब देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका निजी क्षेत्रका कम्पनीहरुलाई पूर्वाधार निर्माणमा आकर्षण गर्नु जरुरी छ । अब नेपाली इन्जिनियरहरुले आफ्नो गहन जिम्मेवारी बोधका साथ देश विकासको भूमिकामा अगाडि बढ्नुपर्ने देखिन्छ ।

(Email: [email protected])

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: