भिजन २०२० ले पर्यटन क्षेत्रमा पलाएको आशा


प्रदीप अाचार्य, पर्यटन व्यवसायी

भ्रमण बर्ष २०२० को बारेमा कतिमा अन्योल छ, कतिले भ्रमण वर्षको कार्यक्रम संयोजक तोक्दा नै असन्तुष्टि जनाएका थिए तर पनि तत्कालिन पर्यटन मन्त्री स्व. रविन्द्र अधिकारीको सुझबुझपुर्ण निर्णयबाट नै हरेक क्षेत्रमा अब्बल प्रमाणित गरेका र निःस्वार्थी र नेपाली व्यवसायीको क्षेत्रका प्रतिष्ठित सुरज वैद्यलाई तोकिएको थियो, जुन सराहनिय छ । सार्थक बनाउने कुरा त आम व्यवसायी र व्यावसायिक संगठन र सरकारको कार्यशैलिमा नै भर पर्ने कुरा हो । यो काम नितान्त राज्य स्तरको कार्यक्रम समेत भएकोले यस अभियानमा सबै पर्यटन व्यवसायी सहभागि बनाउन यो समिति क्रियाशिल हुनैपर्छ ।

मलाई त लाग्छ, काम गर्न मैदानमा आईसकेपछि पैसाको अभाव हुँदैन, धुर्मुस सुन्तलीले थालेको अभियानले २ वर्षमा ३ अर्वको आयोजना सन्चालन गर्ने आँट गरेका छन् भने सरकारी स्तरमा थालिएको योजनालाई पैसा अभाव हुँदै दैन, यसमा कुनै चिन्ता लिनु पर्दैन । वर्षेनि करौडांै फ्रिज भएको नेपाल पर्यटन बोर्डको २०२० मा ढुकुटी रित्तिने गरि खर्च गरे भैगो त । वार्षिक डेढ अर्ब बजेट भएको पर्यटन बोर्ड कार्यक्रम नपाएर अर्थ मन्त्रालयको आँखामा पर्ने गरेको छ ।

समितिले गर्नुपर्ने कार्यहरु :
नीतिगत व्यवस्थामा परिवर्तन जस्तै भिषा प्रकृया, पर्यटन बोर्डले गर्ने कार्यक्रममा उपयुक्त सुझाव, हिमालि उद्धार र सगरमाथाको बारेमा फैलिएका हल्लालाई नीतिगत रुपमा सम्बोधन गर्नेतर्फ लाग्नु पर्ने देखिन्छ भने भैरहवा अन्तराष्ट्रिय बिमानस्थलको समयमा नै संचालनले भ्रमण बर्षको सफलता र असफलताले मापन गर्नेछ भने प्रचारको रुपमा पर्यटन बोर्डसँगको सहकार्यमा नया आयाम दिँदा मात्रै पनि धेरै सफलता हुनेछ भने आउँदो साफ गेम, वार्षिक रुपमा संयुतm राष्ट्र संघले गर्ने वैशाखको कार्यक्रम लुम्बिनीमा मनाउने कुरा साँच्चिकै सकारात्मक छन् । त्यति हुँदाहँुदै जिम्मेवार व्यक्तिहरु आम व्यवसायिको उच्चतम सहभागिताको आस्वस्त पारी त्यस अनुरुप व्यवहार गर्नुपर्ने भने देखिन्छ ।

बजेटकाे अभाव हुँदैन 

राजा जनक र सिताको पावनभुमि जनकपुरमा विश्व महिला सम्मेलन गराउने कुरा र मुक्तिनाथमा विश्वका स्वामि, साधु सन्तु ल्याएर हिन्दु र वौद्ध धर्मालम्विहरुको अनुपमता देखाउनु साहै उत्कृष्ट छन् । यद्यपि यि कुरा कार्यान्वयन गराउन र भ्रमण वर्ष कार्यान्वयन गराउन लगनशिलता र प्रतिवद्धता उत्तिकै आवश्यकता छ । मलाई त लाग्छ, काम गर्न मैदानमा आईसकेपछि पैसाको अभाव हुँदैन, धुर्मुस सुन्तलीले थालेको अभियानले २ वर्षमा ३ अर्वको आयोजना सन्चालन गर्ने आँट गरेका छन् भने सरकारी स्तरमा थालिएको योजनालाई पैसा अभाव हुँदै दैन, यसमा कुनै चिन्ता लिनु पर्दैन । वर्षेनि करौडांै फ्रिज भएको नेपाल पर्यटन बोर्डको २०२० मा ढुकुटी रित्तिने गरि खर्च गरे भैगो त । वार्षिक डेढ अर्ब बजेट भएको पर्यटन बोर्ड कार्यक्रम नपाएर अर्थ मन्त्रालयको आँखामा पर्ने गरेको छ । फ्रिज रकममा २५ प्रतिशत आयकर उठाउन राजस्वले यसो गर्ने गरेको पाईन्छ भने हाम्रा महत्वपुर्ण स्रोत बजारहरु पनि नेपालबाट नेपाली पर्यटक लैजान अनेक साँस्कृतिक कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमुलक कार्यक्रम नेपाल आएर गरेको पाईन्छ । यदि सरकारी समन्वय उपयुक्त हुने हो भने यि यस्ता कार्यक्रम नेपाल पर्यटन बोर्डको अधिकतम रकम अनि नेपाल वायु सेवा निगमको बजारीकरण खर्च । लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोषको रकमलाई उपयुक्त समन्वय गर्ने हो भने रकम अभाव हैन, रकम अधिक हुन्छ । साथै निजी स्तरमा गरिने कार्यक्रमलाई पनि एउटा मापदन्ड तोकिदिने हो भने व्यवस्थापन सहज हुन्छ । अत हामीलाई रकम हैन, व्यवस्थापन महत्वपुर्ण छ । भर्खरै भ्रमण वर्ष समिलिे प्रदेश स्तरीय समिति पनि वनाएको छ जसमा संघीय सरकारको योजनालाई सघाउ पुर्याउन मुख्य मन्त्रिहरु संरक्षक रहेको र प्रादेशिक मन्त्रि अध्यय रहेको समिति बनाईएको छ । त्यसमा पनि प्रादेशिक सरकारहरुको वजेट पनि मिसाउँदा त कसरी बजेट कम हुन्छ र ?

व्यवसायिले यसलाई सरकारी अभियानको रुपमानै बुझेका छन । सर्वप्रथमत सरकार व्यवसायिसँगै भएको भान दिन्छ भने, सरकारी अभियान स्वभाविक रुपमा अन्य संस्थाबाट भन्दा सरकारबाट सञ्चालन गरिने अभियान र प्रचार शैलि विश्वसनिय हुन्छन् र वनाउनुपर्दछ । पर्यटन जहिले पनि एउटा उद्योग भन्दा पनि सवै उद्योगको लागि गुणकको भुमिकामा हुने गर्दछ भने अभियान व्यवस्थित बनाउन त व्यवसायीको सहयोग र सहभागिता अवश्य महत्वपुर्ण हुन्छ ।

नेपालमा पर्यटनकाे विकास सुस्त
मैले उपत्यकाको व्यवसायिमा केहि नैरास्यता भने निश्चय नै पाएको छु, बढ्दो प्रतिस्प्रर्धाले यसो भएका हो जस्तो लाग्छ । यसबाट व्यवसायि पनि प्रतिस्प्रधि बन्ने र धेरै नाफा कमाउने अवस्था आउनु यहि नै महत्वपुर्ण उपलव्धि हुन् जस्तो लाग्दछ, वाँकि ग्राहक तान्न गरिने कुरा त वजारीकरणको विद्यार्थीले सजिलै बुझ्छन् ।
अन्य मुलुकको तुलनामा हामि पर्यटनका वहस धेरै गर्छौं तर काममा कम भने ऊनीहरु नै लामो अभ्यासबाट खारिएका छन्, उनैले धेरै गर्दछन् , प्रचारात्मक कार्यहरु पनि व्यवस्थित हुन्छन् । भने नेपालमा औपचारिक रुपमा पर्यटन ७० वर्षको भएपनि हाम्रो पर्यटन मन्त्रालय २०३५ सालमा र पर्यटन वोर्डले जम्मा २० वर्ष काटेको छ भने यी संस्थाहरुको अस्थिरता हेर्ने हो भने २०४७ साल देखि सवै भन्दा वढि मन्त्रि पनि पर्यटन मन्त्रालयले नै पायो । पर्यटन वोर्ड र नेपाल एयरलाईन्सका कान्डै कान्ड त सबैले थाहा पाएकै विषय हो । अनि कसरि होस् त विकास । यसलाई सुधार्नै पर्दछ । यसको लागि सबै अंगसँग समन्वय गरेर कार्य गर्न सक्ने अवस्था बन्नुपर्छ ।
पर्यटन नितान्त व्यक्तिको व्यावहारीक आवश्यकतालार्ई वुझेर गरीने क्षेत्र हो । यसको गतिशिलता शव्दमा भनिन अप्ठ्यारो छ भने पर्यटनलाई उद्योगको रुपमा विकास गरिनु भन्दा पनि नेपालको अन्तराष्टिय छवि निर्माण गर्ने प्रस्थान विन्दु र वैदेशिक मुद्रा आर्जन गर्ने क्षेत्रको रुपमा विकास गर्नुपर्दछ ।
आज सम्म पनि पर्यटन क्षेत्रलाई महत्वपुर्ण व्यवसायको रुपमा स्थापित गराएको पर्यटन व्यवसायिले नै हो तर पनि पर्यटनमा प्रगति नहुनुमा पनि व्यवसायि नै दोषी छन् । विदेशिवाट नैतिकता सिकेको आर्दश छाँट्नेहरु नै नयाँको प्रवेशलाई वन्देज लगाउन अनेक अनैतिक हर्कत गरिरहेका छन् । तसर्थ अब राज्यले व्यवस्थित र सार्थक हस्तक्षेप गरी स्वस्थ र विश्वसनिय व्यावसायिक क्षेत्रको रुपमा विकास गर्नु पर्दछ । तपाई आफै हेर्नुहोस त उद्धारको नाममा लुट, यसलाई नियन्त्रण गर्न नीतिगत रुपमा नै हिमाली यात्रामा उपयुक्त विमा कार्यक्रम लागु गराउनु पर्दछ भने आपत्कालिन उद्धार राज्यको दायित्वमा लगि व्यवसायीले पेशा मात्र गर्ने वातावरण तयार पार्नपर्दछ तर पेशाका नामका अनैतिक कुरालाई रोक्नै पर्दछ । यस्तो अवस्थामा त कुनै नयाँ व्यवसायी कर्जा लिएर व्यवसायमा आएर यस क्षेत्रबाट नाफा कमाउन सक्ने अवस्था नै छैन । व्यवसायिकता शुन्य छ, यसलाई व्यवसायिले नै सुधार्नु पर्दछ ।

अन्त्यमा
अहिले पर्यटनको योगदान राष्ट्रिय आयमा मात्र तिन प्रतिशतको छ, यसलाई वढाउन हामी दिगो विकास लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा सोच्दै कसरी नेपाललाई विश्वमा पर्यटनको आर्कषणको केन्द्र बनाउने भन्नेमा सोच्नुपर्छ । यसको लागि चेतनाको स्तर पनि माथि नै सुधार हुनु जरुरी छ । नेपालले आफ्नो क्षमता अन्तराष्टिय रुपमा उँचो बनाएर पुर्वाधार खास गरी सडक निर्माण, विमानस्थल, अस्पताल, राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई नेटवर्क, नेपाल एयरलाईन्सलाई नेपालको अन्तराष्ट्रिय रणनीतिक वाहनको रुपमा विकास गर्दै हाम्रा गन्तव्यहरुको उचित र व्यवस्थित ब्रान्डिङ गर्ने तर्फ विशेष जोड दिनुपर्छ । यी कुरालाई ग्रहण गर्दै अब सबै समृद्ध नेपाल सुखि नेपालीको अभियानमा लागौ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: