आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र मलेसिया भिड्दै


आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रोमा मलेसियासँग खेल्दै छ ।

नेपाल र मलेसियाको यस खेलमा वर्षा बाधक हुने देखिएको छ । बर्षाका कारण टस हुन सकेको छैन भने खेल हुने सम्भावना कम रहेको बताइएको छ । अहिले पानी परिरहेको छ ।

आज खेल शुरु हुन नेपाली समय अनुसार ९ बजे ४२ मिनेट अगाडी नै बर्षा रोकिनु पर्ने हुन्छ । यो समयसम्म वर्षा नरोकिए नेपालले अंक बाड्ने छ ।

त्यस्तै पहिलो खेलमा कतारविरुद्ध घाइते भएका कप्तान पारस खड्का भने यो खेलमा नखेल्ने भएका छन् । ढाडको समस्या भएका कारण कतारविरुद्धको खेलको दोस्रो इनिंगको पुरै

समय मैदान बाहिर बसेका पारसले यो खेल नखेल्ने भएका हुन् । आजको खेल भएमा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने भएका छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: