अर्को विश्वकपमा पाकिस्तान राम्रो क्रिकेट टिमको रुपमा उभिने पाकिस्तानी प्रधानमन्त्रीको उद्घोष


पाकिस्तानकी क्रिकेट टिमका पूर्व कप्तान तथा वर्तमान प्रधानमन्त्री इमरान खानले अर्को विश्वकप अघिसम्म पाकिस्तानले राम्रो टिम बनाउने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री खानले वाशि‌ंगटन डिसीमा पाकिस्तानी नागरिकलाई सम्बोधन गर्दै उत्कृष्ट खेलाडीहरुलाई समावेश गरेर राष्ट्रिय टिम बनाउने बताए ।

इंग्ल्याण्ड विश्वकपमा पाकिस्तान समूह चरणबाट बाहिरिएको थियो । ११ अंक जोड्दै न्यूजिल्याण्डसँग रन रेटमा पछि पर्दै समूह चरणबाट पाकिस्तान बाहिरिएपछि देशमा क्रिकेट टिमको चर्को आलोचना भइरहेका बेला यस विषयमा प्रधानमन्त्री इमरानले अमेरिकामा प्रतिक्रिया दिएका हुन् । उनले नयाँ टिम बनाउनका लागि काम सुरु भइसकेको जानकारी पनि दिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: