तिलगंगा आँखा अस्पताल अब विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तिलगंगा आँखा प्रतिष्ठानलाई समन्वय केन्द्रको मान्यता दिएको छ ।  सोमबार काठमाडौंमा प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवको अवसरमा विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो ।

संगठनका नेपाल प्रमुख डा. जोस भेन्डिलियरले उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रतिष्ठानलाई समेत समन्वय केन्द्रको मान्यता दिएको बताए । आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकाले सो अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: