अब १८ देखि ३५ वर्ष भित्रकालाई मात्र युवा भनिने


सरकारले १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र युवाको संज्ञा दिने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद् ऐन संशोधन विधेयकमा उक्त प्रस्ताव गरिएको छ । नयाँ व्यवस्थाअनुसार युवाको अधिकतम उमेरमा ५ वर्ष घट्नेछ भने न्यूनतम उमेरमा २ वर्ष बढ्नेछ ।

संविधानअनुसार १८ वर्ष पुगेपछि मताधिकार प्राप्त बालिग नागरिक हुने व्यवस्था छ । १८ वर्षभन्दा कम उमेरलाई नाबालिग मानिन्छ । त्यसैले १८ वर्षलाई युवाको न्यूनतम उमेर कायम प्रस्ताव गरिएको हो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ मा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: