नेकपा विप्लवका काठमाण्डौ इन्चार्ज माईला लामा पक्राउ


विप्लब समूहका काठमाडौं उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य माइला लामा सहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई शनिवार राती १.०० बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको महनगरीय प्रहरी अपराध महाशाखाका टेकुका एक अधिकारी बताए ।

उनीसँगै पक्राउ परेकामा काभ्रे जिल्ला घर भइ हाल लाजिम्पाट बस्ने वर्ष ३०का रेशम भनिने कान्छा तामाड , कागेश्वर मनहरा घर भई काँडाघारी बस्ने डोलेन्द्र भट्टराइलाई समेत रहेका छन् ।
नागाजुर्न नगरपालिका घर भई हाल काँडाघारी बस्ने माइला लामा यस अघि नख्खु, अनामनगर, सुकेधारमा भएका विष्फोटका घटनामा संलग्न रहेको प्रहरीको दावी छ ।
यस अघि पूर्व माओवादीका संस्कृतिक विभाग प्रमुख रहेका थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: