हास्य टेलिसिरियल”कुरा मात्रै भो”ले छोटो समयमै दर्शकहरुका मन जित्न सफल।


नुवाकोट। हरेक शुक्रबार बेलुका ८ बजे एनटिभी प्लसमा प्रसारण हुदै आएको हाँस्य सिरियल ‘कुरा मात्र भो’ समय सरेको छ । अव हरेक शनिबार राती ८:३० बजे देखि प्रसारण हुन थालेको छ । आर्थिक बर्षसँगै सिरियलको समय परिवर्तन भएका यसका निर्देशक अर्जुन गौतमले बताएका छन् । अव दर्शहरुले हरेक शनिबार बेलुका साढे ८ बजे एनटिभी प्लसमा नै सिरियल हेर्न पाउने भएका छन्।सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियललाई दर्शकले मन रुचाएका छन् । सिरियलमा वर्तमान समय सापेक्षित विषयलाई हाँस्य खुराकको रूपमा पस्काइएको छ ।
निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी र राजनीति विषयवस्तुलाई मुख्य आधार बनाइएको छ । उक्त सिरियलमा उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाई, जयराम सापकोटा, धर्मराज भट्टराई (स्याल बुढो), भोला अधिकारी, , पनिशा कार्की, सुमित्रा रिमाल, रामचन्द्र थापा लगायत नयाँ तथा पुराना कलाकारले अभिनय गरिरहेका छन् ।
सिरियलमा साहित्यकार सनत आचार्यको कथा एवं पटकथा रहेको छ । रामचन्द्र थापाको प्रस्तुति रहेको यस सिरियललाई कमल श्रेष्ठले निर्माण गरेका हुन् । जसमा जनकराज अधिकारीको छायाँकन, नरोत्तम पाण्डेको सम्पादन रहेको छ । राजु श्रेष्ठ कार्यकारी निर्माता रहेको यो सिरियल युट्युवमा समेत हेर्न पाइने छ ।(भिडियो सहित।)

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: