जलवायु सम्बन्धि वैज्ञानिकहरुको ५ दिने गोष्ठी काठमाण्डौमा सम्पनन्न


जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्था (आईपीसीसी) को कार्यसमूह–२ का वैज्ञानिकहरुको पाँच दिने बैठक काठमाण्डौमा सम्पन्न भएको छ ।

आईपीसीसी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा काम गर्ने संस्था हो । बैठककाे आयाेजना आईपीसीसी सचिवालयको आयोजना र वन तथा वातावरण मन्त्रालयको सह-आयोजनामा भएको हो । बैठकमा जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील विभिन्न ६० देशका २ सय ६० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता थियो ।

गएकाे सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उदघाटन गर्नुभएको थियो । बैठकमा आगामी सन् २०२२ मा प्रकाशन गर्ने विश्व जलवायु परिवर्तन प्रतिवेदनका एजेण्डामा छलफल भएको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: