फिफा विश्वकप छनोटका खेलहरु नेपालमा पनि हुने


फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने खेलहरु दशरथ रंगशालामा हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपालले खेल्दै विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि यही साताबाट मैदानमा दुबो रोप्ने काम सुरु गर्ने बताए ।

नेपालले विश्वकप छनोटका दोस्रो चरणको पहिलो खेलमा सप्टेम्बर ५ तारिखमा कुवेतविरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेल १० सेप्टेम्बरमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले समूहको तेस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अक्टोबर १० तारिखमा उसकै मैदानमा खेल्नेछ । त्यसपछि १५ अक्टोबरमा घरेलु मैदानमा जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह बीमा रहेको नेपालले कुवेतका साथै चाइनिज ताइपेइ, जोर्डन, अष्ट्रेलिया रहेका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: