कैलालीमा बम बिस्फोट, ५ जना घाईते


सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा बिहीबार बेलुका बम विस्फोट भएको छ ।

कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोटमा  ५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइतेहुनेहरुमा केशवराज पाण्डे,  राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।  अस्पताल पुर्याइएका घाइतेको शरीर नराम्ररी जलेको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: