स्थापनाकाे छाेटाे अवधिमा ख्याति प्राप्त गर्दै ड्रिम डेभलपर्स, यस्ता छन् उपलब्धि


 

हाल ड्रिम डेभलपर्स प्रा.लि. नामक कम्पनीबाट इन्जिनियरिङ तथा आर्किटेक्चर सम्बन्धी आवश्यक डिजाइन, कन्सल्टिङ, कन्स्ट्रक्सन, सुपरभिजन, इन्टेरियर डिजाइन तथा शहरी योजना जस्ता विभिन्न कामहरु हुँदै आएका छन् । बहुप्रतिभाशालि युवा व्यक्तित्व सन्दीप  डोटेलकाे नेतृत्वमा याे कम्पनी सञ्चालन हुँदै अाएकाे छ । हाल ‘जलवायु परिवर्तन र दिगो विकास’ विषयमा माष्टर डिग्री तहको अध्ययन गरी ‘क्लाइमेट स्मार्ट बिल्डिङ’मा थेसिस गरिरहेका डाेटेल नेपालमा छाेटाे अवधिमा नै इन्जिनियरिङ क्षेत्रमा राम्राे चर्चा कमाउन सफल एक युवा उद्यमी हुन् । डाेटेलले याे कम्पनी स्थापना गरेकाे अहिले ४ बर्ष भयाे ।

ड्रिम डेभलपर्सबाट भएका कार्यहरु 

सन्दीप डाेटेल, प्रबन्ध निर्देशक, ड्रिम डेपलेपर्स प्रा.लि

४ बर्षको अवधिमा सबै गरी करिब ४ सय प्रोजेक्टहरुमा ड्रिम डेभलपर्सले काम गरिसकेको छ । स्थापनाको छोटो अवधिमा नै यस कम्पनीले उल्लेख्य सफलता हासिल गरिसकेको छ । करिब ८० ओटाठूला प्रोजेक्टहरु सम्पन्नगरेको यस कम्पनीले हाल सम्म ३९ जिल्लामा काम गरेको छ । यसै कम्पनीबाट डिजाइन गरिएको पोखरा पुन्दिकोटको विशाल महादेवको मुर्ति तथा पार्क, स्याङजाको भालुपहाड पर्यटन केन्द्र, धुलिखेलको कालिमन्दिर पार्क र नोबल मेडिकल कलेज गार्डन डिजाइन प्रस्तुतिले पछिल्ला दिनमा धेरै चर्चा कमाएका छन् । मेहनत, निरन्तरता, फरक सोच र दिगो अवधारणाका साथ सामुहिक पहलमा अघी बढ्दा यो उपलब्धि हासिल भएको डोटेल बताउँछन् ।

ड्रिम डेभलपर्सबाट हाल सम्म भएका ठूला प्रोजेक्टहरु 

पार्क निर्माण, होटल तथा रिसोर्ट, अस्पताल, रङ्गशाला, व्यापारिक भवन, पर्यटन केन्द्र लगायतको डिजाइन तथा निर्माण लगायतमा यस कम्पनीले काम गर्दै आएको छ । बुटबलको होटल मिराकल वल्र्ड, नोबल मेडिकल कलेजको गार्डेन, स्याङ्जामा भालुपहाड टुरिजम सेन्टर, चोभारमा तीन तारे एड्भेन्चर रिसोर्ट, प्युठानको झिमरुकमा रक गार्डन, धुलिखेलमा काली मन्दिर पार्क, हलेसी महादेव परिसरको गुरुयोजना, गोरखामा किसुनजी पार्क,चितवनमा राइनो पार्क, हात्तिवनमा हाउजिङ तथा अपार्टमेन्ट, ठमेलमा इलुजन क्लब, इटहरीमा कुश लाउन्ज एण्ड बार लगायतका प्रोजेक्ट डिजाईनमा यस कम्पनीको संलग्नता रहेको छ ।

सृर्जनशिल र जिज्ञासु स्वभावका सन्दीप डोटेल सानै देखि भवन, पार्क लगायतका भौतिक संरचना प्रति रुचि राख्थे । ती संरचना कसरी र कसले निर्माण गरे होलान् भन्नेमा उनलाई कौतुहलता हुन्थ्यो । यसै क्रममा एसएलसी पश्चात् प्लस टु पढ्ने क्रममा काठमाडौं बस्दै गर्दा यस्ता मनमोहक भौतिक संरचनाहरु आर्किटेक्ट बाट डिजाइन हुने कुराको जानकारी पाए । त्यसपछि इन्जिनियरिङ अन्तरगत आर्किटेक्चर विषय अध्ययन गर्ने मनसाय बनाएका उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट वि.सं २०७२ मा आर्किटेक्चर अध्ययन पुरा गरे । ५ बर्षे आर्किटेक्चर कार्यक्रम पूरा गरेपश्चात् सरकारी सेवा या वैदेशिक रोजगारी तर्फ जानु भन्दा स्वदेशमा नै आफैं केही गर्ने हेतुले ‘ड्रिम डेभलपर्स प्रा.लि’नामक कम्पनी सञ्चालन गरी सो व्यवसायबाट अहिले १२ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी सृजना गरेका छन् ।

यसकारण जलवायु परिवर्तन रोजेँ : डाेटेल

आर्किटेक्चरमा स्नातक गरेर स्नातकोत्तरमा भने ‘जलवायु परिवर्तन’ रोजेका डोटेल जलवायु परिवर्तनमा आफ्नो चासो बढेको सम्बन्धमा धारणा यसरी प्रकट गर्छन् ।‘विश्वव्यापी बढ्दो जलवायु परिवर्तनको प्रमुख कारण मानवीय विकास निर्माणका कामहरु नै रहेको पाइन्छ । विकास निर्माण कार्यहरुमा प्रमुख उत्तरदायि भूमिका आर्किटेक्ट तथा इन्जिनियरहरुले नै खेलेका हुन्छन् । त्यसकारण अबको विकास कार्य वातावरणमैत्री ग्रिन टेक्नोलोजीमा आधारित हुनु जरुरी देखिन्छ । जलवायु परिवर्तनको असर इन्जिनियरिङ डिजाइनबाट कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विज्ञता हासिल गर्न आवश्यक रहेको हुँदा मैले पनि जलवायु परिवर्तन रोजेको हुँ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: