बाग्लुङमा नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ सम्मानित


करण घलान तामाङ-नुवाकोट।धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले २०६ अाै भानु जयन्तीकाे अवसरमा नुवाकोटका स्रष्टा श्रीराम श्रेष्ठलाई बम-सरस्वती स्मृति साहित्य सम्मानबाट अाईतबार सम्मान गरिएको छ । श्रेष्ठले नेपाली भाषा साहित्यमा पुर्‍याएकाे याेगदानकाे कदर गर्दै नगत दस हजार , सम्मानपत्र सहित दाेसल्ला अाेढाएर प्रतिष्ठानकाे अध्यक्ष काजी राेशन र प्रमुख अतिथि जनकराज पाैडेलद्वारा श्रेष्ठलाई सम्मान गरेको हाे । वर्षेनी प्रतिष्ठानले एक एक जना स्रष्टालाई बम-सरस्वती स्मृति साहित्य सम्मानबाट सम्मान गर्ने गरेको कुरा प्रतिष्ठानकाे अध्यक्ष काजी राेशनले जानकारी दिनुभएको हो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: