भीमेश्वर एकेडेमीको यस बर्ष देखि प्लस टु सञ्चालनमा


२०६२ साल फाल्गुण २१ गते विधिवत दर्ता भइ सञ्चालनमा आएको र २०६३ बाट ९० जना छात्र÷छात्राबाट पठनपाठन शुरु भएको भीमेश्वर एकेडेमीले यस वर्ष देखि प्लस टु कक्षा सञ्चालन गर्ने भएको छ ।

अनुभवी एवं दक्ष शिक्षक तथा कर्मचारीबाट सञ्चालन भएको भएको यस भीमेश्वर एकेडेमीले स्थापना काल देखि नै व्यावहारिक र संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको छ । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना बमोजिम सञ्चालित यस एकेडेमीले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको छ । नृत्यकला, चित्रकला, सङ्गीत कवड्डी, फुटबल जस्ता प्रतियोगिताको माध्यमबाट विद्यार्थीको अन्तरनिहीत क्षमता विकासमा यस विद्यालयले विशेष जोड दिँदै आएको छ ।

पुर्व प्रा.वि. प्रावि, तथा माध्यमिक कक्षा सञ्चालन गर्ने भवनहरु अलग–अलग भएको र पूर्व प्रा.वि कक्षाहरु पूर्ण रुपमा मन्टेश्वरी विधिबाट सञ्चालन गरेको यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई कवड्डी र नृत्य विधामा राष्ट्रिय खेलाडी उत्पादन गर्न र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सामेल गराउन सफल भएको विद्यालयका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्काले बताउनुभयो ।


यस विद्यालयले यसै बर्ष देखि शैक्षिक सत्र २०७६ बाट व्यवस्थापन सङ्कायमा कक्षा ११ को पठनपाठन शुरु गरेको समेत बताउँदै हाल एकेडेमीले कक्षा ११ मा होटल व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर विज्ञान विषय समावेश अध्यापन गराइने समेत बताउनुभयोे ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: