- अति छिद्र छ नाभि र कानभरि।
- छ खुला कुच कम्मर ओरिपरि।।
- अबला तरुनासँग बात गरी।
- अमरावति कान्तिपुरी नगरी ।।१
- जब पर्दछ साँझ बजारभरि।
- चपला तरुणीगण दिव्य परी।।
- अलमस्त म देख्दछु मार्गभरि।
- अमरावति कान्तिपुरी नगरी ।।२
- वनका लतिका सरि बेरिइँदै।
- तरुनासँग रास गरी छिलिँदै।
- र कसैसँग लाज रती नगरी।
- अमरावति कान्तिपुरी नगरी ।।३
- नववस्त्र किनी सब च्यातिकन।
- छ घुँडा पट आङ खुला जघन
- अझ झ्याल पुठातिर पो बिचरी।
- अमरावति कान्तिपुरी नगरी ।।४
- मुखचेप कसेर चुरोट बिँडी।
- तनचाल बिडाल गरेर हिँडी।।
- अबला अब लाज रती नधरी।
- अमरावति! कान्तिपुरी नगरी ।।५
- जति छन् वनिता उति नै रमिता।
- अनि फुर्दछ यी कविका कविता।।
- सब झ्याल र प्वाल शरीरभरि।
- अमरावति कान्तिपुरी नगरी ।।६
- किन आङ र टाङ सबै छ खुला।
- भन छन् उनकै किन बात ठुला।।
- सब लेख्छ दिनेश विचार गरी।
- अमरावति कान्तिपुरी नगरी ।।७
- (२०७६ को भानु जयन्तीको अवसरमा भानुकै सम्झनामा)