शैक्षिक सुधारको खाँचो


शिक्षा शब्द संस्कृतको  ‘शिक्ष् ‘ धातु बाट बनेको जसको अर्थ सिकाउनु वा व्यक्तिमा कुनै ज्ञान,सीप,क्षमताको विकास गराउनु हो। मानिसलाई विकसित, चरित्रवान, कर्मशील तथा अनुशासित बनाउँदै सार्थक जीवन व्यतीत गर्न सक्षम बनाउने कार्य नै शिक्षा हो। शिक्षा राष्ट्र निर्माणको बलियो आधार हो, जहाँ गुणस्तरीय शिक्षा प्रयाप्त हुन्छ त्यहाँ समृद्धिको ढोका खुलेको हुन्छ।

सुभाष कुवँरवर्तमान अवस्थामा नेपालको संविधान, २०७२ को धारा ३१ मा शिक्षा सम्बन्धी मौलिक हक को व्यवस्था गरिएको छ,जस् अनुसार प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक को व्यवस्था गरिएकोभए पनि सोही अनुसार हुन सकेको छैन।आ व २०७६/७७ को बजेटमा पनि शिक्षाको लागि कुल बजेटको १०.६३% छुट्याइएको छ, जुन अन्तराष्ट्रिय स्तरमा स्वीकार गरिएको मानक (१५ -२०%) भन्दा न्यून तथा चुनाव को बेला वाम गठबन्धनले आफ्नो घोषणापत्र मा गरेको २०% को बाचा को आधा मात्र हो। चालू चौधौं योजनाले तर्जुमा गरेका शिक्षा सम्बन्धी लक्ष्य पूरा नहुनुले हाम्रो नीतिनियम को कार्यान्वयन पक्ष कति कमजोर छ भन्ने देख्न सकिन्छ।

आन्दोलनकारीहरु आफ्नो नितान्त स्वार्थ पूरा गर्ने ठाउँ शैक्षिक संस्थालाई बनाउँदै आएकाछन्,बन्द हडताल लगायत आन्दोलनकारीका रूपमा विद्यार्थीलाई प्रयोग गर्नु  कदापि नीति संवत् हुनै सक्दैन।शिक्षामा भएको नीतिगत लगायतका कैयौ भ्रस्टचार ,व्यापारीकरण,माफियाकरण आफैमा अवाञ्छित हुन।यहाँ शिक्षाको नाममा व्यापार गरिन्छ,बर्सेनि निजी शिक्षण संस्थाले गर्ने शुल्कवृद्धि आम जनताको ढाड सकिरहेको छ,निजी शिक्षण संस्था आम जनताको लागि हुँदै होइनन् ,सीमित वर्गको लागि हो। हालै प्रकाशित एस ई ई नतिजाबाट करिब ४लाख विद्यार्थी उच्च शिक्षाको खोजीमा छन्  । यसबाट व्यापारिक प्रवृत्तिका कलेजहरुलाई आफ्नो कलेजमा विद्यार्थी आकर्षण गर्न विभिन्न विज्ञापन स्वरूप कार्यक्रम मार्फत भ्याइनभयाइ भएको छ,जहाँ विद्यार्थी चर्को मूल्यमा ठगिन पुग्छन् यसमा सरकारको अनुगमन चाहिँदैन?

जेनतेन उच्च शिक्षा हासिल गरेतापनि हाम्रो देशको शिक्षा व्यावहारिक नहुनाको कारण विद्यार्थीमा दक्षताको अभाव देखिन्छ,नेपालको शिक्षा प्रमाणपत्र आर्जन गर्ने थलो मात्र भएजस्तो देखिन्छ । दक्ष जनशक्ति उत्पादन भए पनि कि त त्यस्तो जनशक्ति ब्रेन ड्रेनको सिकार हुन्छ कि त दक्षता अनुसारको काम नपाएर शैक्षिक बेरोजगार हुन विवश हुन्छ।

हालै सार्वजनिक भएको गोल्ड मेडल किनबेच प्रकरण ले हाम्रो देशको शिक्षा मूल्यांकनलाई राम्रै सँग उजागर गरेको छ,यस्तो प्रकरणले मिहिनेती आम विद्यार्थीमा कस्तो मनोवैज्ञानिक वितृष्णा ल्याउला?
यहाँ धन र पहुंच हुने ले जे पनि गर्न सक्छन् भन्ने  एउटा उदाहरण हो,उच्च ओहदामा पुग्न को लागि दक्षता भन्दा कृपावाद लाई महत्व दिइन्छ। यसरी हामी कहाँ पुग्न सकौला? विचारणीय छ।

अन्त्यमा, जापान,चीन,लगायतका विकसित देशमा विद्यार्थीलाई एकेडेमिक शिक्षाको साथै विद्यार्थीको इच्छा बमोजिम विभिन्न इलेक्ट्रोनिक्स समान निर्माणको तालिम दिइन्छ,त्यहाँको शिक्षा व्यावहारिक छ।
हामी पनि राम्रो कुराको अरूको सिको गर्न जान्नु पर्छ,देशमा व्याप्त अव्यावहारिक नियमकानुन लाई परिमार्जन संशोधन गरी बुर्जुवा शिक्षा भन्दा व्यावहारिक शिक्षामा जोड दिनु अहिलेको अपरिहार्य आबस्यकता हो।

गुल्मी (हाल : वनस्थली काठमाडाैँ)

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: