तरकारी बोकेका गाडी नाका मै रोकिए


भारतबाट आयात भएका तरकारी र फलफूल बोकेका ट्रक सीमा नाकामा रोकिएका छन्। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि मालवाहक गाडी सीमामा रोकिएका हुन् ।

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामा रोकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार मन्त्रिरिषद्को असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। आजको अन्नपूर्ण पाेस्ट दैनिकबाट ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: