छवी ओझा र नायिका शिल्पा पोखरेल बीचको ‘घरझगडा’ मिल्यो


अभिनेत्री शिल्पा पोखरेल र छवि ओझाबीच अब झगडा नगर्ने सहमति भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार उनीहरुलाई सहमति गराएको हो।

बिहीबार दुबै पक्षलाई टेकुमा बोलाएर सहमति गराएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। ‘शिल्पा पोखलेरले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिनु भएको थियो, हामीले दुबै पक्षलाई राखेर सुनुवाइ गर्‍यौं’, प्रवक्ता बोगटीले भने,‘उहाँहरुबीच अब झगडा नगर्ने सहमति भएको छ ।’
सँगै बस्ने र नबस्ने उहाँहरुको व्यतिगत कुरा हो।’

शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार छविविरुद्ध उजुरी दिएकी थिइन्। गोप्य रुपमा विवाह बन्धनमा बाँधिएका शिल्पा र छविको जोडीको विवाहको विषय गतवर्ष खुलेको थियो।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: