४० अर्बको ठेक्कामा मिलेमोतो


भौतिक पूर्वाधार तथा योजना मन्त्रालय, सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले ४० अर्ब रुपैयाँको ठेक्का सम्बन्धी म्याद थपको तीनवटा ठेक्काको एउटै प्याकेजमा राखेर सूचना जारी गरेपछि यसभित्रको रहस्य, चलखेल, मिलेमतो र सेटिङको खुलासा भएको छ । साँघु साप्ताहिकले समाचार छापेकाे छ ।

समाचार स्रोतको भनाइमा नेपाल समाचारपत्रको २०७६ असार ४ गतेको अंकमा ठेक्का बोलपत्रको म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित भएसँगै सेटिङको तथ्य पनि खुलेको हो ।

सो सूचनामा सूचना नं. ०१– २०७५/०७६, मिति २०७६।०१।१६, सूचना नं. ०२–२०७५/०७६ मिति २०७६।०१।१७ र सूचना नं. ०३/२०७५/०७६ मिति २०७६।०१।२५ गते प्रकाशित सूचनामार्फत आह्वान गरिएका सम्पूर्ण बोलपत्रहरूको म्याद थप गरिएको छ । बोलपत्रको अन्तिम पेश गर्ने मिति २०७६।०३।२७ गते १२ः०० र बोलपत्र खोल्ने अन्तिम मिति २०७६।०३।२७ गते दिउँसो १ः०० बजे राखिएको छ । र, प्रक्रिया पूरा गरेका सम्पूर्ण ठेकेदारहरूलाई समेत सो दिन बोलाइएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: