चार देशका लागि नयाँ राजदूत सर्व सम्मतिले सहमति


संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका चार जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिको सोमबार बसेको बैठकले बंगलादेशका लागि प्रस्तावित राजदूत डा. वंशीधर मिश्र, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्वाज र स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: