एसईईको मौका परिक्षाको मिती सर्यो


राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको मिति सारेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।

परीक्षाको मिति सारेपछि बोर्डले आइतबार संशोधित तालिका सार्वजनिक गरेको छ । संशोधित तालिका अनुसार भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ ।

भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको परीक्षा निर्धारण गरिएको छ ।

भदौ ३ गते अनिवार्य गणित र भदौ ४ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुने बोर्डको संशोधित तालिकामा उल्लेख छ । त्यसैगरी भदौ ५ गते प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ्ग, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा हुने छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: