गजल-के दसा लाग्नलाई हो परेला फरफरायो। पानी वर्षको भेल झै आँसु झरझरायो।


गजल

के दसा लाग्नलाई हो परेला फरफरायो।
पानी वर्षको भेल झै आँसु झरझरायो।

मस्त निन्द्रामा थिए उनी ओछ्यानमै
जुरुक्क उठि यताउता गर्दै बरबरायो।

खण्ड वृष्टि मौसम कहिले पानी खडेरीको
प्यासले पानी पिउने मनै झनै हरहरायो।

यात्रा भिर पाखाको पैदल हिडेर पो
काम्दै खुट्टाहरु फेरि थरथरायो।

लेखक:-डिल बहादुर लामा
बेलकोटगढी न.पा.-४ दियाले,नुवाकोट

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: