नेबिकाे ५५ बर्षमा प्रवेशकाे अवसरमा निःशुल्क स्वास्थ्य शिविर अायाेजना

  • अन्य सामाजिक गतिविधिहरू समेत सञ्चालन गर्ने याेजनामा नेबिकाे

  • नेपालकाे पहिलाे बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिकाे प्रा.लि ५५ अाैं बर्षमा प्रवेश गरेकाे छ ।

    ५५ अाैं बर्षमा प्रवेश गरेकाे सुखद अवसरमा अाज नेबिकाेले अाफ्नै प्राङ्गणमा वृहत् निःशुल्क स्वास्थ्य शिविर अायाेजना गरेको छ । अागामी दिनमा अन्य विविध सामाजिक गतिविधिहरू समेत सम्पन्न गर्दै जाने याेजनामा कम्पनी रहेकाे कम्पनीका ब्रान्ड म्यानेजर अरूण पाैडेलले जानकारी दिनुभयाे ।

    स्वास्थ्य शिविर अाज अर्थात असार २० गते  विहान ११ बजेबाट शुरूवात भएकाे छ। जुन बेलुका ५ बजे सम्म सञ्चालन हुनेछ ।

    स्वास्थ्य शिविर पिपुल्स डेन्टल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर अायाेजना गर्न लागिएको हो

    निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५ सय व्यक्तिहरू लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको समेत ब्राण्ड म्यानेजर पाैडेलले बताउनुभएकाे छ ।

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: