नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे छैटौं अधिवेशन सम्पन्न प्रवक्तामा करण तामाङ घलान


नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे छैटौं अधिवेशन शनिबार साँझ बट्टार नुवाकोटमा सम्पन्न भएको छ । प्रतिष्ठानकाे छैटौं अधिवेशनले प्रवक्ताकाे रुपमा कवि करण तामाङ घलानलाई सर्वसम्मत चयन गरिएको छ । यसैगरी प्रतिष्ठानकाे अध्यक्षमा कवि रामकृष्ण गजुरेल , उपाध्यक्षमा विष्णुप्रसाद सापकोटा , सचिवमा मुकुन्दराज अर्याल , काेषाध्यक्षमा जानुका दहाल , सह सचिवमा प्रमिला परी तथा सदस्यहरुमा भगवती लामा, भगवती खनाल , रामप्रसाद चालिसे , राजकुमार अचार्य , महेस लामिछाने चयन भएका छन् । यसैगरी प्रतिष्ठानकाे सल्लाहकारकाे रुपमा श्रीराम श्रेष्ठ र संरक्षकमा पुष्कर लाेहनी रहनु भएको छ । नेपाली भाषा साहित्यलाई निरन्तर मजबुत बनाउदै नेपाली भाषा साहित्यलाई युवा पुस्ता सम्म पुर्‍याउने उदेश्यका साथ प्रतिष्ठान वि सं २०६४ सालमा स्थापना गरिएको थियोे । प्रथम अधिवेशन २०६४, दाेस्राे अधिवेशन वि सं २०६६ , तेस्राे अधिवेशन २०६९, चाैथाे अधिवेशन २०७१ , पाचाै अधिवेशन २०७३ गरि अहिले २०७६ छैटाै अधिवेशन सम्पन्न गरिएको हाे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: