रोबोटले २ करोड रोजगारी विस्थापन गर्ने अनुमान


अक्सफोर्ड इकोनोमिक्सले उत्पादन क्षेत्रका २ करोड रोजगारी सन् २०३० सम्ममा यन्त्रमानवले विस्थापन गर्न सक्ने जनाएको छ ।

कामबाट विस्थापित मानिसहरूले सेवा क्षेत्रमा पनि स्वचालित यन्त्रका कारण मानव रोजगारीको संख्या घटेको संस्थाको भनाइ छ । तर बढ्दो स्वचालनले रोजगारी र आर्थिक वृद्धिदर बढाउने संस्थाले बताएको छ ।

संस्थाले आयमा बढ्दो असमानता रोक्ने तर्फ काम गर्न आह्वान समेत गरेको छ । प्रति औद्योगिक रोबोटले १.६ वटा उत्पादन क्षेत्रको रोजगारी विस्थापन गर्ने बताइएको छ । संस्थाले कम दक्ष क्षेत्रहरू बढी प्रभावित हुने बताएको छ ।

कम दक्ष, कमजोर अर्थतन्त्र र अहिले नै उच्च बेरोजगार रहेका क्षेत्रमा रोजगारी गुम्ने जोखिम झन बढी रहेको अक्सफोर्ड इकोनोमिक्सको भनाई छ । त्यस्तै रोबोटका कारण उत्पादन क्षेत्रबाट बाहिरिने कामदारहरूले यातायात, निर्माण कम्पनी, मर्मत र कार्यालय तथा प्रशासनिक काम पाएपनि यी क्षेत्रस्वचालित यन्त्रका कारण जोखिममा छन् । बीबीसीबाट 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: