इंगल्याण्डलाई हराउंदै अष्ट्रेलिया ‘सेमिफाईनल’मा ; फिंच र वार्नर अहिले सम्मकै उत्कृष्ट ओपनर जोडी


जारी विश्वकपमा अस्ट्रेलियाले आयोजक इङल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसका साथै यस विश्वकपमा सेमिफाइनलमा पुग्ने अस्ट्रेलिया पहिलो देश समेत बनेको छ ।

इङल्याण्डविरुद्ध अस्ट्रेलियाका ओपनर डेभिड वार्नर र कप्तान एरोन फिन्चले शतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि १२३ रनको साझेदारी गरेको यो जोडी विश्वकप क्रिकेटको इतिहासमै सफल जोडी मध्ये एक बनेको छ ।

वार्नर र फिन्चको जोडी एक विश्वकपमा तीन शतकीय साझेदारी गर्ने चौथो जोडी बनेका छन् । यो जोडीले यस विश्वकपमा तीन शतकीय साझेदारी गरेका थिए । इङल्याण्डविरुद्ध १२३ रनको साझेदारी गरेको यो जोडीले पाकिस्तानविरुद्ध १४६ रनको साझेदारी गर्दै यस विश्वकपमा अहिलेसम्म पहिलो विकेटका लागि धेरै रनको साझेदारी गर्ने रेकर्ड समेत बनाएका छन् । त्यस्तै बंगलादेशविरुद्ध पनि यो जोडीले १२१ रनको साझेदारी गरेको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: