९ अर्ब विद्युत बक्यौता


उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको प्रशासनिक कमजोरीका कारण विभिन्न उद्यागी व्यवसायीबाट ९ अर्ब रुपैयाँभन्दा बढी बक्यौता असुल हुन बाँकी रहेको बताएका छन् । मन्त्री पुनले सोमबार संसदमा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री पुनले डेडिकेटेड र ट्रंकलाईन फिटर महशुल विवादका विषयमा ३८ वटा मुद्दा अदालतमा चलिरहेको बताए । यीमध्ये २९ वटा मुद्दाहरुमा अदालतले अन्तरिम आदेश दिएको छ भने ९ वटामा अन्तरिम आदेश छैन । ‘डेडिकेटेड लाईन १ सय ८४ वटा लिएकोमा १ सय ८४ वटाले नै महशुल तिरिरहेका छन्,’ उनले भने, ’तर नेपाल सरकारले सुविधाको रुपमा विभिन्न उद्योगहरुलाई आफै लाईन र सडक दिएकोमा त्यस्ता ग्राहकहरु पनि रहेछन् । करिब ७ वटा त्यसरी गएका रहेछन् । पन्ध्र, बीस वर्षदेखि त्यसरी नै सुविधा लिईरहेका रहेछन् ।’ त्यसबारेमा कानुनी जटिलताका कारणले मुद्दा अदालतसम्म पुगेको उनले बताए । आजको राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: