तरकारीका ट्रक नाकामा, परिक्षण काठमाण्डौ


सरकारले तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरेपछि व्यवसायीले उपत्यकामा ल्याएर परीक्षण सुरु गरेका छन् । आयातीत तरकारी भन्सार नाकामै थन्किएपछि उनीहरू स्वयंले कालीमाटी तरकारी बजारमा रहेको विषादी परीक्षण इकाईमा नमुना परीक्षण सुरु गरेका हुन् |

‘तरकारी नाकामा रोकिएपछि भैरहवा भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालय र नेपालगन्ज भन्सार कार्यालयबाट नमुना आएका छन् । सोमबारमात्रै करिब ६२ नमुना परीक्षण गरेर रिपोर्ट पठाएका छौं,’ कालीमाटी विषादी परीक्षण इन्चार्ज जागेश्वर शर्माले भने, ‘२५ नमुना परीक्षणकै क्रममा छ । थप नमुना आउनेक्रम जारी नै छ ।’

सोमबार परीक्षण गरिएको तरकारी तथा फलफूलमा विषादीको मात्र न्यून देखिएको उनले बताए । ‘परीक्षणका लागि आँप, मौसम, कागती, टमाटर लगायतको नमुना थियो । धेरैजसो आँप र केरा काँचो नै आयात हुने रहेछ,’ उनले भने, ‘रिपोर्टमा खानयोग्य नै देखिएको छ ।’आजको कान्तिपुर दैनिकबाट |
Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: