पुतलीसडक स्थित ल्याण्डमार्क ट्रेनिङ सेन्टर सञ्चालनमा

  • वैदेशिक राेजगारमा जाने युवालाइ सीप विकासमा ल्याण्डमार्ककाे जाेड

  • पुतलीसडक स्थित ल्याण्डमार्क ट्रेनिङ एण्ड डेभलपमेन्ट सेन्टर सञ्चालनमा अाएकाे छ । वैदेशिक राेजगारीमा जान चाहने युवाहरूलाइ लक्षित गर्दै सीप विकासमा जाेड दिने मान्यता सहित  ल्याण्डमार्क ट्रेनिङ एण्ड डेभलपमेन्ट सेन्टर सञ्चालनमा अाएकाे हाे ।

    अधिकांश नेपाली युवाहरु राेजगारीकाे लागि वैदेशिक राेजगारीलाइ नै मुख्य माध्यमकाे रूपमा अपनाउँदै अाएका भएपनि न्यूनतम व्यावहारिक सीपकाे अभावमा निकै कष्टकर तवरले काम गर्दा पनि श्रमकाे तुलनामा निकै कम तलब पाउनुपर्ने अवस्था रहेकाे परिस्थितिलाइ विचार गरेर केही समय छाेटाे अवधिकाे तालिम लिएर वैदेशिक राेजगारीमा जाँदा राम्राे कमाइ गर्न सकिने सम्बन्धी यस कम्पनीले युवाहरूलाइ जागरूक बनाउँदै अाइरहेकाे छ ।

    अहिलेका युवा जनशक्तिले सैद्धान्तिक ज्ञानकाे अलावा व्यावसायिक सीप समेत हासिल गर्न सकेकाे खण्डमा जीवनस्तर सहज बनाउन सकिने कुरामा कम्पनीकाे विश्वास छ । साेही बमाेजिम हाल ल्याण्डमार्क ट्रेनिङ एण्ड डेभलपमेन्ट सेन्टरले ब्युटीपार्लर तथा बार्बर सम्बन्धी छाटाे अवधिका वेसिक तथा एड्भान्स तालिमहरू सञ्चालन गरिरहेकाे छ ।

    हातमा सीप भएकाे व्यक्ति स्वदेश वा विदेश जहाँ भएपनि  वेराेजगार बस्नु नपर्ने र राम्राे अार्थिक उपार्जन तथा प्रतिष्ठा समेत कमाउन सकिने साथै सानाे लगानीमा अाफैंले पनि काम शुरू गर्न सकिने र कुनै कम्पनीमा जागिर खाँदा समेत तुलनात्मक रूपमा माथिल्लाे भूमिकामा इज्जतपूर्वक काम गर्न सकिने भएकाे कारण सीप सिक्नुपर्छ भन्ने सम्बन्धमा यस कम्पनीकाे विशेष जाेड रहँदै अाएकाे छ ।

    पछिल्लाे समय साैन्दर्यता प्रति मानिसहरूकाे चासाे बढ्दाे छ । जसले गर्दा साैन्दर्य व्यवसाय छाेटाे समयमा नै निकै तीव्रताकाे साथ विस्तार भइरहेकाे, नयाँ प्रविधिहरु भित्रिइरहेका र साैन्दर्य क्षेत्र मानिसहरूकाे अभिन्न अङ्ग समेत बन्न पुगेकाे अवस्थामा अाफूहरूले गुणस्तरीय सेवा प्रदान गर्ने मान्यता सहित सामुहिक लगानी अवधारणा बमाेजिम यस व्यवसायमा अाकर्षित भएकाे र हाल व्यवसायिक सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेकाे कम्पनीका प्रबन्ध निर्देशक अच्युत रिमाल बताउनुहुन्छ।

    हाम्राे नेपाली सैलुनकाे ब्राण्डमा अाफूहरूले राजधानीका विभिन्न क्षेत्रमा व्युटीपार्लर तथा बार्वर सेवा एवं तालिम कार्यक्रम सञ्चालन गर्दा नेपाली युवाहरूकाे प्राेत्साहनबाट अाफूहरू निकै नै उत्साहित भएकाे र साेहीबमाेजिम सेवा प्रवाहलाइ अझ सहज बनाउने मान्यता बमाेजिम व्यावसायिक तालिमकाे अवधारणा सहित पुतलीसडक शाखा विस्तार गरेकाे समेत रिमालले बताउनुभयाे । स्थापनाकाे छाेटाे अवधिमा नै अाफुहरू निकै धेरै युवाहरूलाइ तालिम प्रदान गर्न सफल रहेकाे साथै सीप सिकेका व्यक्तिहरू कुनै न कुनै रूपमा व्यवसायमा जाेडिएबाट अाफूहरू थप प्राेत्साहित भएकाे समेत रिमाल बताउनुहुन्छ । यस कम्पनीबाट तालिम लिएका कतिपय व्यक्तिहरू हाल नेपालमा नै रहेर काम गरिरहेका छन् भने यस संस्थाबाट तालिम लिएर वैदेशिक राेजगारीमा जाने नेपालीहरू समेत निकै धेरै छन् ।

    अच्युत रिमाल , प्रबन्ध निर्देशक, ल्याण्डमार्क ट्रेनिङ एण्ड डेभलपमेन्ट सेन्टर प्रा.लि

    खासगरी तालिम तथा उद्यमशिलता विकासको उद्धेश्यले स्थापित यस कम्पनीले सीप र रोजगारीमा युवाहरुको हातेमालो भन्ने नारा सहित अाफ्ना गतिविधिहरू अघी बढाएकाे छ । अाफूहरू महत्वाकांक्षी याेजना सहित अघी बढेकाे र ती याेजनाहरू क्रमिक रूपमा सार्वजनिक गर्दै जाने कम्पनीका अध्यक्ष टेकनाथ भट्टराइले बताउनुभयाे ।

     

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: