अन्डाको आधा पैसा बिचौलियालाई


आफूले बेच्दा लागत पनि नउठ्ने भाउमा अन्डा दिएर खुद्रा बिक्रीमा मनपरी भएको देख्दा काभ्रेको बनेपा–३ नालासुमाराका रत्नप्रसाद दाहाललाई दिक्क लाग्छ । डेढ दशकदेखि व्यावसायिक कुखुरापालन गर्दै आएका उनको ४ वटा फार्ममा १० हजार लेयर्स छन् । दैनिक ८ हजार ४ सयवटा अन्डा उत्पादन हुन्छ ।

बेच्नु परिरहेको भाउबाट उनी सन्तुष्ट छैनन् । ‘अन्डाको भाउ डामाडोल छ,’ बिक्रीका लागि क्रेटमा अन्डा राख्दै गर्दा भेटिएका उनले भने, ‘घाटा सहेर बेच्नुपरिरहेको छ ।’ शनिबारबाट दानाको मूल्य बढेपछि झन् तनाव थपिएको उनले दुःखेसो पोखे ।
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: