सुनको भाउ बढ्नुका कारण यस्ता छन्


अमेरिका–इरानबीचको बढ्दो तनाव, अन्तर्राष्ट्रिय व्यापार युद्ध र पछिल्लो अमेरिकी वित्तीय नीतिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्चदरमा बढेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउप्रति औँश (२८.३५ ग्राम) १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ । जुन अघिल्लो महिनाको भन्दा ५.९६ प्रतिशतले बढी हो । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएपछि लगानीकर्ताले डलरभन्दा सुनमा लगानी बढाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै, अमेरिका–चीन व्यापार युद्धलाई ध्यानमा राख्दै चीनले सुनको मौज्दात बढाउने घोषणा गरिसेकको छ ।

अर्कातर्फ अमेरिकाले आफ्नो वित्तीय नीति बदल्दै आउँदो महिनादेखि बैंक ब्याजदर घटाउने घोषणा गरेको छ । सोहीकारण लगानीकर्ता डलर र सेयर बजारमा भन्दा सुनमा बढी आकर्षित भएका छन् । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इकोनोमिक टाइम्स, बिजेस स्ट्यान्डर्डलगायतले   जनाएका छन् ।  आजको नयाँ पत्रिका दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: